नाम्राका एक स्थानीयको घरमा आगलागि

दुर्गा विसी
सल्लीबजार, २० जेष्ठ ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा १ नाम्रामा एक स्थानीयको घरमा आगलागि हुदा पुरै घर जलेर खरानी भएको छ । नाम्रा स्थित गोपाल कामिको घरमा दिसो ३ वजेको समयमा आगो लागेको थियोे ।


घर नजिकै रहेको खरको आरनको काम गर्ने स्थानबाट आगो सल्केको थियोे । दिसो खेल्दै गर्दा बालबालिकाले आगो लगाएको हुन सक्ने स्थानीय शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभएको छ ।  घरमा भएको सबै अन्नपात,लत्ताकपडा,दारकाठ पुरै जलेर नष्ट भएको छ । घरसँगै जोडिएको खरको छानामा आगो सल्किए पछि गोपालले प्रयोग गर्दै आएको अर्को घर समेत जलेर खरानी भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार