गाई फर्काउँदा बगे तीन बालबालिका

रामचन्द्र न्यौपाने
डोल्पा, २० जेष्ठ ।
डोल्पामा ठुलिभेरी नदीमा बगेर तीन बालबालिकाको मृत्यु भएको छ । ठुलिभेरी नगरपालिका वडा नं. ९ मोतिपुर स्थित भेरी नदिमा पशु बस्तु चराउन गएको बेला गाई भेरी नदी तरेर पारी जान खोजेपछि फर्काउने क्रममा तीनै जना बालबालिकालाई भेरीले बगाएको थियो ।

मोतिपुरकै १२ बर्षिया यसोधा भन्डारी र १० बर्षिया बिजय कठायतलाई घटनास्थलदेखि अन्दाजी दुई किलोमीटर टाढा बगाउँदै गरेको अवस्थामा भेरी नदीबाट उद्वार गरि उपचारका लागि जिल्ला अस्पताल दुनै पुरयाइएको थियो ।


उनीहरु दुबैजनालाई बिमानस्थल सुरक्षा गार्ड जुफालबाट भित्तिमा खटिएको ड्युटी टोलीले भेरीमा मान्छे बगेको देखेपछि स्थानीयसहित भएर उद्दार गरेको थियो । उनीहरुलाई अचेत अवस्थामा अस्पताल पुरयाएको केही समयपछि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक डिएसपी नारायण रञ्जितकारले जानकारी दिए ।

अर्की अन्दाजी ११ बर्षिय गंगा कठायतलाई घटनास्थलदेखि करिव पाँच किलोमिटर टाढा बगाउँदै गरेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बगरबाट मृत अवस्थामा प्रहरी चौकी त्रिपुराकोटले उद्दार गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार