कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ जना

सुर्खेत, १९ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमण आक्रामक रुपमा बढ्दो क्रममा रहेको छ । भारतबाट घर फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको हो । कर्णाली प्रदेशका सबैभन्दा धेरै देलेखमा कोरोना संक्रमण देखिएको छ । त्यसपछि सुर्खेत, सल्यान, जुम्ला, कालीकोट र मुगु गरी ६ जिल्लाका कोरोना संक्रमित पुष्टि भएको छ ।

कर्णाली प्रदेशमा सोमबार थप ३५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९र९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नं. १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन् । लेकवेशी नगरपालिका–१ की ८ वर्षीया बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया बालकमासमेत संक्रमण देखिएको छ ।


दैलेखको नारायण नगरपालिका वडा नं. १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन् । त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन् । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ । सोमबार बिहान मात्रै सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार