कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या १९८ पुग्यो
दैलेखमा सबैभन्दा बढी
सुर्खेत, १९ जेठ ।
कर्णालीमा आज थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो । थपिएका संक्रमितमध्ये दैलेखको महावु गाउँपालिका वडा नं. ३ का १ जना र नारायण नगरपालिका वडा नं. १, ३, ४, ५ र ८ र वडा नं. १० गरी १६ जना रहेका छन् ।

योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।  त्यस्तै आज नै सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा पनि १० नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये वडा नं. १, ३, ५, ६ र ७ वडाका रहेका छन् । सल्यान कोरोना संक्रमितको दोस्रो स्थानमा परेको छ । त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५ का ४ जना र वडा नं. १ का एकजना रहेका छन् । योसँगै सुर्खेतमा संक्रमितको सख्या ३४ पुगेको छ ।

त्यस्तै जुम्लामा १९, कालिकोटका १८ र मुगुका १ जना रहेका छन् । बझाङ र बाजुराका एक÷एक जनासहित कर्णालीमा कुल १ सय ९८ जना संक्रमित भेटिएका छन् । संक्रमित दैलेखका एक जनाको मृत्यु भैसकेको छ । बझाङ र बाजुराका एक÷एक जनासहित कर्णालीमा कुल १ सय ९८ जना संक्रमित भेटिएका छन् । संक्रमित दैलेखका एक जनाको मृत्यु भैसकेको छ । कर्णाली प्रदेशभर ंक्रमित हुनेको संख्या १ सय ९८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जनाए ।

तपाईको प्रतिक्रिया