सुर्खेत, १९ जेष्ठ ।
दैलेखबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पार्वती विशुन्केले आफ्नो जिल्ला दैलेखमा स्वास्थ्य सामग्री पठाएकी छिन् । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण जिल्लामा आवश्यक स्वास्थ्य सामग्रीहरु आइतबार पठाएको उनले बताइन् । ती सामग्रीहरु सोमबार जिल्लामा पुग्नेछ । कर्णाली प्रदेशमै पहिलो पटक ५ जेठमा दैलेख आठबिसका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि लगातार संक्रमितहरु थपिँदै गएको छ । आईतबार साँझसम्म १२३ जना पोजेटिभ देखिएका छन् भने एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सक्रिय सांसदको रुपमा चिनिने उनी भन्छिन, ‘समानुपातिक सांसदहरुले काम गर्दैनन, जिल्लाका जनताप्रति उत्तरदायी हुँदैनन् भन्ने खालको सोच छ तर यो बन्दाबन्दीमा काठमाडौं बसेर सँधै जिल्लाको आवश्यकता पुरा गर्न्तिर लागिरहेँ ।’ उनी दैलेख जिल्लाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् ।
युग संवाददाता । । १९ जेष्ठ २०७७, सोमबार १०:०५