कमरेडलाई ‘काम्रेड’ कै पत्र

प्रिय कमरेड नेकपा जुम्ला अध्यक्ष सुरेश पहाडीज्यू
सचिव तिर्थ बुढाज्यू ।
“एउटा ठूलो बुढो रुखको ओगले नयाँ रुखलाई असर गर्दछ’’ विश्व कोरोना भाईरस (कोभिड–१९) बिरुद्ध लडिरहेको रहेको छ तपाईहरुलाई थाहानि छ तपाईहरु यहि समय हो भनेर कार्यकर्ता बिरुद्ध लड्दै हुनुहुन्छ । हामी नत्र पूर्व माओवादी, नत पूर्व एमाले । हामी त केबल नेकपाका सिपाही हौं प्रिय कमरेडहरु, पाटी यो कसैको घरको खेती होईन, कमरेडहरु हेक्काहोस । लाखौ युवाहरुले बलिदान दिएर बनाइएको पाटी नेकपा हो । घरको खेती जस्तो क्षमतावनलाई बाहिर निकालेर “आननिय, ताननिय“ अर्थात आफ्नो नातागोता अर्को पैशामा तान्ने शुत्र प्रयोग गरेर लाखौ कार्यकर्ता रुष्ट गरेर सचिवालय गठन ,जिल्ला कमिटि चयन, गापा संयोजक चयन जस्तो बुझेर गर्नु पर्ने पद यो शुत्रबाट चयन गर्दै हुनुहुन्छ प्रिय कमरेडहरु,

कमरेडहरु विकासको पाईला तिर कसरी लम्कने यहि हाम्रो जुम्ला, ठाउँहरुको हराभराले कति सुन्दरता छ हाम्रो अधिकांश बस्तीहरु पहाडी भिरालोको दक्षिणी मोहोडामा मुलतः हिमा नदी, तिला नदी, जवा नदी, भेरी खोला र गोरुखोलाका किनारमा अवस्थित छन् यिनिहरुलाई हामीले हाईड्रोपावर निर्माण गरौं भन्ने नेपालकै पहिलो नम्बर घोषणा हुने छ कमरेडहरु जनता कति खुशी हुन्छन् होला । यो बिकासमा भिजन ल्याउनेकी संधै पार्टीको लडाईमा ध्यान दिने कमरेडहरु, विकासको कुरामा ध्यान जान जरुरी छ । बस्ति–बस्ति विकासको परम्परागत ढाँचा तयारी गर्नुपर्छ कमरेड नेकपा बच्चाउने हो भने । हाम्रो जिल्ला के कुरामा कमि छ जमिनमैत्री, पहाडी भूभागका वस्तीहरु खर्क र शिकारका सिलसिलामा विकसित भएका छन् जनता आकर्षण गर्न हामीले उपाय अपनाउन जरुरी छ ।

प्रिय कमरेडहरु, गाइबाख्राको बर्षे गोठ गर्दा गर्दै विकसित तल्लो खोपडी, माथिल्लो खोपडीजस्ता गाउँले खर्क परम्पराबाट गाउँहरु विकसित भएका छन् अझै विकसित गर्दा कति आकर्षण हुन्छन होला जनता कमरेडहरु । कमरेडहरु जुम्लाको वस्तीमा जातीय विन्यास जहाँ जहाँ ठकुरीको टाकुरे शासन सञ्चालित भएका थिए, त्यहाँ दलित, बाहुन र क्षेत्रीको वस्तीहरु छन् हामीले सबै जात एउटै ठाउँ उभ्याउदा कति सुन्दर हुन्छ यस्ता अभियानमा नेता भईसकेपछि लाग्न जरुरी कमरेडहरु । सिंजा साम्राज्यको केन्द्र मानिने सिंजा उपत्यकाको वस्तीलाई उदाहरणार्थ प्रस्तुत गर्न सकिन्छ नेता भईसकेपछि कमरेडरु । त्यहाँ साहुवाडामा सुनार (जो सिंजा दरबारको गहना निर्माणमा क्रियाशील रहेको ईतिहास छ) कमरुडह, माथि, तल र माझ लेकपोरमा रहेका बुढा (सिंजा साम्राज्यका झारा सिपाही थिए) त्यस्ता कार्यकर्ता ल्याउदा पार्टी कति निर्माण हुन्थ्यो प्रिय कमरेडहरु, कार्यकर्ताको ईतिहास हेर्नुहोस हाटसिंजामा वड जो दरबारका कालिगढ थिए भने लुड्कुमा बाहुन जो ज्योतिषीय कार्य गर्दथे । प्रायः टाकुरे राज्यको दरवार क्षेत्रको सवैभन्दा नजिक दलित जातिको वस्ती रहेको भियो । छिनासिम दरवारमा होस् या सुनारगाउँ दरवार, सवैभन्दा नजिक दलित जातिको नै बसोवास रहेको छ दलित पार्टीमा समेट्दा पार्टीमा दलित अधिकार दिनेकी नाई कमरेडहरु ।

म लगायत सम्पूर्ण कार्यकर्ताबाट सुझाव दिनु त केही छैन आफैमा थाहा छ कमरेडहरु यो कुरा बुझ्नुहोस । प्रिय कमरेडहरु राजनीति भन्ने विषय सबैलै बुझ्नै पर्ने विषय हो । राजनीतिक चेतना हरेक मान्छेमा हुनुपर्दछ । यदि राजनीतिक चेतना भएन भने हामीले दासत्वको जिन्दगी अंगाल्नु पर्ने सम्भावना बढ्दछ । जनतामा राजनीतिक चेतना भएन भने निरङकुशताले जरो गाड्दछ । त्यसैले प्रत्येक मानिसमा राजनीतिक चेतना हुनु आजको आवश्यक छ । बढि जुम्ला जस्तो ठाउँमा । अधिकांश नेपाली नागरीकहरुलाई अहिले राजनीति भन्ने शब्द सुन्ने बिक्तिकै जरो आउँछ । केहि दशक अगाडि आफ्ना छोरा–छोरीलाई आर्शिवाद दिँदा ठूलो भएपछि मन्त्री बनोश् भनेर आर्शिवाद दिन्थे, तर अहिले नेता र मन्त्री नबन्नु डाक्टर र इन्जिनियर बन्नु भनेर आर्शिवाद दिन थालेका छन् हाम्रो समाजमा तपाईहरु जस्ता कमरेडहरुको कारणले प्रिय कमरेडहरु नेपाली समाजमा पहिला राजनीतिज्ञहरुको सामाजिक मान र प्रतिष्ठा धेरै थियो तर अहिले राजनीतिज्ञहरुको मान र प्रतिष्ठा घट्दो क्रममा छ । यसका थुप्रै कारणहरु होलान् । त्यसमध्ये एउटा कारण हो ‘‘नेपाली राजनीतिमा युवाहरुको वर्तमान अवस्था ।’’
परम्परालाई तोड्नु पर्छ र तोड्न खोज्ने केही सिमित युवा नेताहरु छन् तर यो युद्ध जित्न केहि सिमित युवा नेताहरु मात्र भएर पुग्दैन युवा साथीहरु हो । यसका लागि राजनीतिक, गैह्र–राजनीतिक तथा सम्पूर्ण युवा नेताहरु एकजुट हुनु आवश्यक छ । नेपालको कुल जनसंख्याको ५० प्रतिशत हिस्सा ओगटेको युवा शक्तिले चाहेको खण्डमा यो सम्भव पनि छ जिल्लाबाट लाग्न जरुरी छ । तर यसका लागि युवा नेताहरु विना स्वार्थ एकजुट हुनु आवश्यक छ । सधै माग्ने भएर बाच्ने हाम्रो परम्परालाई लोड्नु जरुरी छ अनि ठाउँ मात्र ओगट्ने र काम गर्न नसक्नेहरुलाई राजनीतिबाट अबकाश दिईनु पर्दछ । अन्यथा देशको भलो हुने वाला छैन ।

जसरी कुनै पनि खेलमा आउट अफ फर्ममा रहेको खेलाडीलाई खेलाउँदा पुरा टिमले जुन मुल्य चुकाउनु पर्छ त्यसैगरी काम गर्न नसक्ने नेतालाई पदीय जिम्मेवारीमा राख्दा राष्ट्रले त्यो भन्दा पनि ठूलो मुल्य चुकाउनु पर्छ । आज नेपालले त्यहि मुल्य चुकाईरहेको अवस्था छ । नेपालको राजनीतिमा पनि खेलमा जस्तै सन्यास लिने संस्कृतिको विकास हुनु जरुरी छ । आफ्नो अन्तिम सास रहेसम्म पदमा बस्ने लाल्चाले गर्दा आज देशको यो गती भइरहेको छ । यदि यहि परम्परा रहिरहने हो भने युवा नेताहरुले देशको नेतृत्व गर्ने अवस्था आउन धेरै गाह्रो छ । त्यसैले अव पदीय जिम्मेवारीमा बसि देश विकासमा योगदान पुरयाउन नसक्ने नेताहरुलाई राजनीतिबाट अवकाश दिइनु पर्दछ ।
जसरी फुटवल वा क्रिकेट खेलमा राम्रो खेल्न नसक्दा खेलाडीले अवकाश लिन्छ । साथै पदीय जिम्मेवारी पाउनको लागि पनि कडा मेहनत र परिश्रम गर्नुपर्ने वातावरण निर्माण गरीनु पर्दछ, न कि कसैको गर्लफ्रेन्ड, भाइ, श्रीमती, सासु भएको नाताले जिम्मेवारी हाँसिल गरुन् ।जवसम्म गरे मात्र फल पाईन्छ भन्ने संस्कृतिको यो देशमा विकास हुदैन तव सम्म यो देशमा युवा नेताहरुले अवसर पनि पाउदैनन् । किन कि युवा भनेकै ति व्यक्तिहरु हुन जो आफ्नो बल, विवेक, बुद्धी र श्रम प्रयोग गरेर देशको काँचुली फेर्न रमाउँछन् ।

युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रान्तिहरुमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले दर्शाउछ । नेपालको राजनीतिक इतिहाँसलाई केलाएर हेर्दा कमरेडहरु २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय रहेको पाईन्छ । विश्व राजनीति र नेपालको राजनीतिलाई तुलना गर्दा नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तनहरु कम मानवीय एवं भौतिक क्षतिमा छोटो समयमा आन्दोलनको उपलब्धी प्राप्त भएको पाईन्छ तर उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधै असफल भएको तपाई हामीमा थाहै छ कमरेड ।
उही पसल रोकाय (युवा नेता, नेकपा जुम्ला)

तपाईको प्रतिक्रिया