ताजा खबर
  

भारतबाट उद्धार गरिएका नागरिक दुर्घटनामा, १२ जनाको मृत्यु

नेपालगञ्ज, १९ जेष्ठ ।
भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली बोकेर फर्किएको हाइस गाडी मध्यरातमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस गाडी रोकिराखेको ट्रकसँग ठोक्किदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । मृतकमध्ये ११ पुरुष र एक महिला रहेकी छिन् । उनीहरुको नामावली संकलन भइरहेको छ भने शव भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


आइतबार राति सवा १२ बजे भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।  घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गाडीमा ३३ जना सवार थिए । दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका भएको जनाइएको छ । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार