कर्णालीमा १६६ जनामा कोरोना, जुम्ला पुग्यो संक्रमण

सुर्खेत, १९ जेष्ठ ।
कर्णाली प्रदेशका पाँच जिल्लामा देखिएको कोरोना संक्रमण आइतबार राती निकालिएको नजितामा जुम्लामा समेत संक्रमण देखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, मुगु, सल्यान र जुम्लामा कोरोना संक्रमित फेला परेका छन् । जुम्लासंगै कर्णालीका ६ जिल्लामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार साँझ आएको विवरण अनुसार दैलेख र जुम्लाका ४३ जनाको संक्रमणबारे आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । आइतबार राती आएको कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनुसार जुम्लामा १९ जना र दैलेखमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा गरिएको पीसीआर परीक्षणबाट कर्णालीका थप नयाँ ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।


यो संगै दैलेख जिल्लामा सबैभन्दा बढी ७२ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ । कोरोना संक्रमित सुर्खेतमा २९ जना, सल्यानमा २६ जना, जुम्लामा १९ जना, मुगुमा १ जना, बझाङ १ जना, बाजुरा १ जना, र कालीकोटमा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार