सेनाले गरयो टाङ्टुङे यार्सा पाटनबाट १२ जना पक्राउ

रामचन्द्र न्यौपाने
डोल्पा, २३ जेष्ठ ।
डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे यार्सागुम्बा पाटनबाट दश पुरुष र दुई महिलासहित बाह्र जना पक्राउ परेका छन् । कोरोना भाइरसका कारण बन्द भएका यार्सागुम्बा पाटनमा लुकिछिपि यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा निकुञ्ज सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्म, स्थानीय मध्येवर्ती समिति र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ती टोलीले यार्सागुम्बा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुड्केचुला–८ का बर्ष २१ कि राजकुमारी सार्की, सोही ठेगानाका बर्ष १४ कि सृजना सार्की, बर्ष १९ का गोबिन्द सार्की, बर्ष १४ का गणेश सार्की, बर्ष १५ का युवराज सार्की,बर्ष १५ का कृष्ण बिक, बर्ष ३० का दिल बहादुर सार्की, बर्ष १९ का रमेश सार्की, बर्ष २१ का काली बहादुर सार्की बर्ष, १८ का धनराज बिक,बर्ष २६ का देब बहादुर सार्की र बर्ष १४ का दिपक सार्की रहेकाछन् ।

उनीहरुबाट ७७ थान यार्सागुम्बा, पाँच वटा मोवाइल सेट, पाँच वटा कुटा, एउटा खुकुरी लगायतका सामग्रीहरु बरामत गरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको मेजर लेखनाथ कटुवालले जानकारी दिए । पक्राउ परेका सबै मुड्केचुला गाउँपालिका नागरिकहरु रहेको र हिरासतमा राखेर अनुसन्धान भइरहेको शे–फोक्सुण्डो निुकञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलने भन्दै यस बर्ष डोल्पाका सम्पुर्ण पाटनहरुमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाइएको छ ।

जुम्लामा क्वारेन्टाइनमा एक जनाको मृत्यु

सेनाले गरयो टाङ्टुङे यार्सा पाटनबाट १२ जना पक्राउ

कसम खुवाएर धमाधम क्वारेन्टाइनबाट घर पठाइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *