दुइ सांसदलाई प्रदेश सभा प्रवेशमा रोक

सुर्खेत, १८ जेष्ठ ।
दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य अम्मर बहादुर थापा र सुशिल थापालाई एक साताका लागि प्रदेश सभा सांसदमा प्रवेश रोक लगाइएको छ । कोरोना संक्रमण क्षेत्रमा खटिएका दुवैबाट प्रदेश सभामा समेत कोरोना जोखिम हुने भन्दै एक साता होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमण दैलेखमा फैलिएपछि उनीहरुको उद्दार, राहत, क्वारेन्टाइन व्यवस्थापन, औषधी उपचारमा दुवै सांसद थापा खटिएका छन् ।


कोरोना प्रभावित क्षेत्रमा दिनरात खटिएका सांसदलाई एक साता होमक्वारेन्टाइनमै बस्न आग्रह गर्दै प्रदेश सभामा प्रवेश रोक लगाइएको जनाइएको छ । सभामुख राज बहादुर शाहीले आइतबार फोन सम्पर्क गरी दुवै प्रदेश सदस्यहरुलाई एक सातासम्म प्रदेश सभामा नआएर होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका थिए ।

७ दिन होम क्वारेन्टाइन बसेपछि कोरोनाको पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रदेश सभामा सहभागि गराइने जनाइएको छ । दुवै सांसदलाई गेटमै रोक्ने गरी सुरक्षाकर्मीलाई सर्कुलर गरिएको जनाइएकोछ । पीसीअार रिपाेर्ट बिना प्रदेश सभामा कुनै पनि कर्मचारी, सासद कसैलाइ पनि प्रवेश निशेध गरिएकाे जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया