चौरजाहारी अस्पतालले कोरोना संक्रमित लिन नमानेपछि ‍‍…

दुर्गा विसी
सल्लीबजार, १८ जेष्ठ ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित २६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान र प्रदेश अस्पताल सुर्खेत लगिएको छ । रुकुम पश्चिम चौरजाहारी अस्पतालले कोरोना विरामी लिन नमानेपछि जिल्ला र प्रदेश पठाएको छ । कर्णाली प्रदेश सरकारको करोडौं बजेट लिएर कोरोना संक्रमितका लागि उपचार गर्ने जिम्मेवारी तोकिएको चौरजाहारी सामुदायिक अस्पतालले कोरोनाका विरामी भर्ना गर्न नमानेपछि सल्यान सदरमुकाम र प्रदेश सदरमुकाम पठाइएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानको अस्पताल जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई करोडौं रकम वितरण गरेको थियो । १३ जनालाई सुर्खेत लगिने भएको छ भने १२ जनालाई जिल्ला अस्पताल सल्यान पठाएको छ । भारतबाट आएका प्रभाकर मावि रहेको क्वारेन्टाइन र बनगाड क्याम्पस बनगाडमा रहेको क्वारेन्टाइनकालाई चेकजाँच गर्दा २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।


संक्रमित सबैलाई रुकुम पश्चिममा रहेको चौहरजारी अस्पतालमा लिइने तयारी गरिरहेको भएपनि विरोध आए पछि जिल्ला र सुर्खेत पठाइने भएको छ । वडा १ बाट ४, २ बाट १, वडा नं. ३ बाट ४, ४ का ३ जना र वडा ६ बाट १३ जना गरी जम्मा २५ जना संक्रमितलाई उपचारका लागि बाहिर पठाउने भएको छ ।

१२ जनालाई जिल्ला अस्पताल सल्यान लगियो भने बाँकी १३ जनालाई प्रदेश अस्पताल सुर्खेत लगिने भएको छ । एम्बुलेन्स नहुँदा जिल्ला लिएर गएका तीनै एम्बुलेन्सले बाँकी विरामीलाई सुर्खेत लिने जनाएको छ । संक्रमित भनिएका सबैको अवस्था सामान्य रहेको छ । उनीहरु सबैलाई कुनै लक्षण नदेखिएको समेत विरामीले बताउने गरेका छन् ।



ताजा समाचार