सुर्खेत, १८ जेष्ठ ।
प्रदेश अस्पताल सुर्खेतका डा. केएन पौडेलले भारतबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सको सुझाव छ । ‘अब दैनिक दुईहजार जनाको स्वास्थ्य परीक्षण गर्न सकिएन भने अवस्था भयावह हुन्छ, महामारीलाई थेग्नै सकिदैन’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले भने, ‘समुदायसम्म कोरोना फैलिन नदिन भारतबाट आएका सबैको अनिवार्य चेकजाँच गर्नुपर्छ ।’
डा. केएन पौडेल
प्रदेश अस्पताल, सुर्खेत
भारतबाट आएकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै उनले १४ दिनअघि नै पीसीआर परीक्षण सक्नुपर्ने बताउँछन् । तर हालको अवस्था त्यो नहुँदा समस्या भएको उनले बताए । यता कर्णाली प्रदेश स्वास्थ विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले भने कोरोना परीक्षणमा सुर्खेतको स्वास्थ्यकर्मी टोलीलाई सघाउन तयार रहेको जनाएको छ ।
‘क्वारेन्टाइनमा रहेका सबैलाई तत्कालन परीक्षण गर्न सकिएन भने अवस्था जटिल हुन्छ’ प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले भने, ‘प्रदेशले थप पीसीआर मेसिन पनि थपोस्, हामी जनशक्ति खटाउन तयार छौँ ।’ साविकको कर्णाली र दैलेखमासमेत प्रतिष्ठानका स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिँदै उनले प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीसँग सहकार्य गरेर जनशक्ति पठाउने बताए ।
युग संवाददाता । । १८ जेष्ठ २०७७, आईतवार ११:०८