वडा अध्यक्षको पिसिआर रिपोर्ट नेगेटिभ

दुर्गा विसी
सिम्ता, १७ जेष्ठ ।
सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ५ का अध्यक्ष मोहन विसीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ लाई रोकथाम गर्नको लागि रातदिन निरन्तर खटिरहनु भएको र भारतबाट आएका नागरिकको ब्यवस्थापन गर्नको लागि नजिक भएर क्वारेन्टाइनसम्म पु¥याउन ठुलो सहयोग गरिरहनु भएको थियो ।

सिम्ता वडा नं. ५ आलिका वडा अध्यक्ष मोहन कुमार विसिको स्वास्थ्यमा समस्या आए पछि २ पटक ¥यापिट परिक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । जसले गर्दा उहाँसंग बैठकमा सहभागी घुलमिल भएका जनप्रतिनिधि कर्मचारी र सिम्ताबासीमा सबैलाई एक खालको त्रास उत्पन्न भएको थियो । शनिबार उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आउँदा सबैमा खुशी छाएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ आउने बित्तिकै वडा अध्यक्ष विसीले आफ्नो फेसबुकमा सबैलाई सुरक्षित भएर कोरोना विरूद्धको लडाई लड्न र क्वारेन्टाइन व्यवस्थापनमा सबैलाई सहयोग गर्न अनुरोध गर्दै आफु पनि काममा फर्केको जानकारी गराउनु भएको छ ।  आरडिटी रिपोर्ट नेगेटिभ आए पछि उहाँ होम क्वारेन्टाइनमा सुरक्षित साथ वस्नु भएको थियोे । तर अब सुरक्षित रहेर नागरिकको सेवा पुन फर्किने जनाउनु भएको छ । अध्यक्ष नै आरडिटि रिपोर्टले नेगेटिभ देखाएपछि सिम्तामा त्रास छाएको थियो ।

तपाईको प्रतिक्रिया