मन्त्री बुढाद्धारा छिन्चुमा अनुगमन

रामचन्द्र न्यौपाने
डोल्पा, १७ जेष्ठ ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले छिन्चुमा खाना, खाजा व्यवस्थापनको अवस्था अनुगमन गरेका छन् । भारत लगायत विभिन्न जिल्लाबाट भित्रने नागरिकका लागि व्यवस्थापन गरिएको खाना, खाजा, पानी वितरणको अवस्था र नागरिकको गुनासो बुझ्न स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्रालयको नेतृत्वमा विभिन्न सहयोगि दातृनिकायसँग समन्वय गरेर गत विहिबारदेखि छिन्चुमा नागरिकका लागि खाना, खाजाको व्यवस्थापन गरिएको छ । जिल्लाभित्र्ने नागरिकहरु कोही पनि भोकभोकै हिँड्नु नपरोस भनेर मन्त्रालयले छिन्चुमा खाजा, खाना र पानीको व्यवस्था गरेको मन्त्री बुढाले जानकारी दिए ।

तीन दिन भित्र छ हजार चौसट्टी जनाले खाना, खाजा र पानीको सुविधा लिएको बताउँदै यो सुविधाबाट नागरिकहरु सन्तृष्ट भएको मन्त्री बुढाले बताए । दैनिक दुई हजारसम्म नागरिक भित्र्ने क्रमजारी रहेकाले अझै दश दिन सम्म खाना, खाजा वितरण गरिने मन्त्रालयका निजि सचिव शेर बहादुर रोकायले जानकारी दिए ।

खाना, खाजा व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन प्रदेश विपद् व्यवस्थापन कोषबाट भइरहेको छ भने सर्वसाधारणलाई वितरणका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उपशाखा छिन्चु सुर्खेत, लायन्स क्लब, महिला जेसिस लगायतका संघ, संस्थाहरुले अहोरात्र खटिएर सहयोग गरिरहेको रोकायले बताए । मन्त्री बुढा सँगै मन्त्रालयका सचिव डा.कृष्ण प्रसाद आचार्य पनि अनुगमनमा पुगेका थिए । घण्टाघर, छिन्चुमा बनाइएका क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले पनि सहयोग गरेको भन्दै धन्यवाद दिइएको छ ।

तपाईको प्रतिक्रिया