पुर्वाधार विकास कार्यालयका प्रमुखद्वारा मास्क सहयोग
दुर्गा विसी
सल्लीबजार, १७ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले मास्क प्रदान गर्नुभएको छ । बनगाड कुपिण्डे वडा नं. ६ भलाखर्क निवासी पुनले नगरवासीको नाताले (N95) १ सय ५० पिस मास्क नगर प्रमुख गोविन्द कुमार पुनलाई कार्यालयमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।
व्यक्तिगत रुपमा खरिद गरी कार्यालय प्रमुख पुनले सो मास्क हस्तान्तरण गर्नुभएको छ । नगरवासीको नाताले जोखिम क्षेत्रमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय नागरिक र जनप्रतिनिधिलाई प्रयोगमा हुने उद्देश्यका साथ सो मास्क दिएको जनाएको छ । मास्क बुझ्दै नगर प्रमुखले कोरोना विरुद्ध लड्नका लागि अतिआवश्यक साधान मास्क पाएपछि पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुखलाई धन्यवादसमेत दिनुभएको छ ।
