कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

दुर्गा विसी
सिम्ता, १७ जेष्ठ ।
सिम्ता गाउँपालिकालाई सात लाख २४ हजार ५ सय बराबरको सरसफाई सामाग्री सहयोग गरिएको छ । समाज जागरण केन्द्र (स्याक) नेपालले कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचारमा उपयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, (WARM-P) हेल्भेटासको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्याक नेपालका सिम्ता शाखाका कर्मचारी रेशम कुमार योगी र माधव प्रसाद आचार्यले पालिकालाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरेका सामानहरू खुट्टाले थिचेर पानीले हात धुने उपकरण, साबुन प्रयोग गर्ने हिल टंकी ५ वटा, टुटीसहितको ड्रम ५ सय १६ वटा पिपि सेट, ल्ढछ माक्स, सर्जिकल माक्स, कपडाको माक्स, ग्लोप्स, सेनिट्राईजर र साबुन रहेका छन् ।

कोभिड–१९ को महामारी न्यूनीकरण गर्नको लागि सरसफाइ जन्य र स्वास्थ्य सामाग्री दिएर सिम्ता गाउँपालिकालाई सहयोग गर्ने संस्था स्याक नेपाललाई गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले धन्यवाद दिनु भएको छ । यत्रो ठुलो मात्रमा स्वास्थ्य सामाग्री दिने उक्त संस्था पहिलो भएको जनाएको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, प्रमुख प्रशासकिय अधिकृत जनकवहादुर हमाल, वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरी र स्वास्थ्य शाखाका प्रतीनिधिहरुको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया