सुर्खेत जेलब्रेकका कमाण्डर बबरले किन गरे आत्महत्या

रामचन्द्र न्यौपाने
डोल्पा, १७ जेष्ठ ।
दश बर्षे माओवादी जनयुद्धमा सुरुदेखिनै सक्रिय रुपमा पार्टीमा होमिएका कमरेड लोक बहादुर चलाउने(बबरले)गत बुधवार आफ्नो जीवनलाई सदाका लागि उर्लदो भेरीमा बिर्सजन गरे । उनले त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने ठुलोभेरी नदिमा हाम फालेर आत्महत्या गरेका हुन् ।

उमेरले ६० पार गरेका बबरले भेरीमा नदीको किनारमा कपडा लठी लगायतका सामान किनारमा राखेर हाम फालेको स्थानीय बताउँछन् । देशमा तानाशाही राजतन्त्र अन्य गर्दै संघीय गणतन्त्र स्थापना गर्ने माओवादीको मुख्य एजेण्डालाई शिरोधार्य गर्दै जनयुद्धमा होमिएका साहसिक योद्धाले निर्वल भएर आत्महत्या किन गरे आफैमा रहस्यमय कुरा होला ।

उमेरले पनि बृद्ध भइसकेका बवरले आत्महत्या गर्नुमा पार्टीप्रतिको बितृष्णा र वेवास्ताले पनि बाध्य बनाएको केही नेकपाका नेताहरुनै बताउँछन् । देशमा व्यवस्था परिवर्तनका लागि लामोसमय देखिनै निस्वार्थ रुपमा पार्टीमा लागेका बवरले आफ्नो व्यक्तिगत अवस्था कहिल्यै फेर्न सकेनन् ।

सधै अभाव तनावमै जिवन गुजार्नु परयो । उनको एउटै कमाई पार्टीको कर्तव्यनिष्ठ कार्यकर्ताको बिल्ला मात्र हो । “कमरेड बबर जनयुद्धको सुरुवातदेखि नै पुर्णकालिन कार्यकर्ता भएर पार्टीमा लागे, बवर सुर्खेत जेल ब्रेकका एक योद्धा पनि हुन, तर उनी मर्दा नेकपा डोल्पा पार्टी कमिटी, प्रदेश पार्टी कमिटी र सिंगो पार्टीले एउटा सेतो कागज र कालो मसि खर्च गरेर दुई शब्द खर्च गर्न सकेन”नेकपाकी महिला नेतृ काली चलाउनेले दुखेसो पोखिन् ।

“आजको बिशाल पार्टी बनाउन उनको अतुलनिय योगदान छ, तर आज त्यहि पार्टीले कमरेडको बवरको योगदान चिन्नसकेन्,शोक बक्तव्यसम्म निकालेन्,यसमा धेरै दुखि छु ।” “कमरेड बबरलाई पार्टीले जिउँदो छँदा त मुल्याङ्कननै गरेन,मृत्युपश्चात समेत एउटा झन्डा र दुई शव्दको लायक ठानेन्,यसको बिषयमा पार्टीका नेतृत्वलाई भन्नेछु”चलाउनेले भनिन् ।

नेकपाका केही नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत श्रदान्जली दिएपनि पार्टीले आधिकारीक रुपमा श्रदान्जलीसम्म सम्म नदिएको भन्दै उनले आपत्ति जनाएकी हुन् । बबरलेसबै सम्पती पार्टीकरण गरेर सुकुम्बासी भएका बबर लामो समय देखि बिरामी समेत थिए । आफ्नो स्वास्थ्य उपचारको लागि केहि महिना अघि कर्णाली प्रदेश सरकारसंग अनुरोध गरेका थिए । तर, उनलाई प्रदेश सरकारले बेवास्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया