कर्णालीका ६० जना कोरोना संक्रमित

सुर्खेत, १७ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ । सुर्खेत र दैलेख जिल्लामा मात्रै कोरोना संक्रमित देखिएको हो । यस अघि कर्णाली प्रदेशमा थप ४६ जना पोजेटिभ भएको तथ्यांक छ । सुर्खेतमा २८ जना, २ जना बाहिरका र ३० जना दैलेख जिल्लाका कोरोना संक्रमित देखिएका छन् । उनीहरुको आइसोलेसनमा राखेर उपचार, स्वास्थ्यकर्मीको निगरानी भैरहेको छ ।

आरडीटी टेष्टबाट आशंका लागेकालाई पीसीआर टेष्टबाट कोरोना संक्रमण पुष्टि गर्ने गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाव परीक्षण गरिएका दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको प्रतिवेदनमा १४ जनाको कोरोना पोजेटिभ देखिएको जानकारी गरिएको छ । प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरु दैलेख नारायण नगरपालिकाका वडा नम्बर ४ का तीन जना, ६ का एक जना, ३ का एक जना, १० का दुई जना, २ को एक जना, ८ को दुई जना, ११ का २ जना, ९ का २ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया