रामचन्द्र न्यौपाने
डोल्पा, १६ जेष्ठ ।
डोल्पामा अन्तिम फैसला सुनाएको चार बर्ष पछि फरार एक अभियुक्त पक्राउ परेकाछन् । यार्सागुम्बा लुटपाट मुद्धामा जिल्ला अदालत डोल्पाले ०७३ साल १ महिना ३१ गते अन्तिम फैसला सुनाइसके पछि फरार रहेका त्रिपुरासुन्दरी नगरपालिका ८ पहाडाका ३३ बर्षिय गणेश के.सी पक्राउ परेका हुन् ।
उनलाई अदालतले १२ बर्ष १ महिना १२ दिनको सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा प्रहरी चौकी त्रिपुराकोट र पहाडाको टोलीले संयुक्त रुपमा घरबाटै पक्राउ गरेर अदालत पु¥याइएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । अभियुक्त के.सीलाई अदालत उपस्थित गराएर कारागार चलान गरिएको छ । उक्त घटनामा संलग्न एक जना त्यतिबेला नै पक्राउ गरेर कारागार चलान गरिसकेको र कैद जरिवाना तोकिएका दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
युग संवाददाता । । १६ जेष्ठ २०७७, शुक्रबार १८:२२