कर्णालीको नीति तथा कार्यक्रम आज

सुर्खेत, १६ जेठ ।
कर्णाली प्रदेश सरकारले आज शुक्रवार प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशमा सभामार्फत सार्वजनिक गर्न लागेको हो । आज दिउँसो तीन बजे बस्ने संसद बैठकमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

आजको बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत मात्रै प्रस्तुत गर्ने कार्यसूची रहेको बुढाथोकीको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा महोत्वकाँक्षी योजना ल्याए पनि आगामी वर्षका लागि भने कोरोना नियन्त्रणसँगै शिक्षा र कृषिलाई रोजगारीसँग जोड्ने खालका नीति तथा कार्यक्रम समावेश गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

नीति तथा कार्यक्रमका लागि सबै तयारी पूरा भएको जानकारी दिएको कार्यालय स्रोतले मुख्यगरी रोजगारीका लागि भारत तथा तेस्रोमुलुक गएका हजारौं नागरिक गाउँ फर्किएकाले उनीहरुलाई गाउँमा उत्पादनसँग जोडेर रोजगारीमा वृद्धि गर्ने खालका योजनाहरु प्राथमिकतामा परेका छन् ।

तपाईको प्रतिक्रिया