कर्णालीको विकास सरकारको प्राथमिकतामा : राज्यमन्त्री रावत

सुर्खेत, १६ जेष्ठ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले आगामी सरकारको नीति, कार्यक्रम तथा बजेटमा कर्णाली प्राथमिकतामा परेको बताउनुभयो । संघीय सरकारले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमबाट कर्णालीका दर्जनौं कर्णालीका आयोजनाहरु समावेश भएको जानकारी दिनुभयो ।

संघीय सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत कोभिड लगायत संक्रामक रोग नियन्त्रणसहित स्वास्थ्यलाई पहिलो प्राथमिकता तथा कृषि उत्पादन, खाद्य आपूर्ति, रोजगारीमा केन्द्रित कर्णालीमैत्री बजेट आएको राज्यमन्त्री रावतले बताउनुभयो । ‘कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनीधित्व गर्ने माननिय सदस्यज्यूहरु, यस क्षेत्रका राजनीतिक अगुवा, नेता, कार्यकर्ताको सल्लाह, सुझावका अधारमा आगामी बजेटमा विभिन्न विकास आयोजनाहरु समेट्न सफल भएका छौं’ राज्यमन्त्री रावतको भनाई छ ।


कर्णालीको मुटुको रुपमा रहेका कर्णाली कोरिडोर निर्माण, भेरी कोरिडोर निर्माण, सुर्खेत–कोहलपुर सडक चार लेन, राप्ती राजमार्ग स्तरोन्नति, सुर्खेत–जुम्ला राजमार्ग स्तरोन्नति, नाग्मा–गमगढी–रारा सडक निर्माण सरकारको प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।
त्यसैगरी हुम्ला सदरमुकाम सडक पु¥याउने, सुर्खेत प्रादेशिक विमानस्थल स्तरोन्नति, प्रदेश राजधानी वीरेन्द्रनगर खानेपानी, सरुवा रोग अस्पताल योजना, भेरी–बबई बहुउद्देश्यीय परियोजना, सुर्खेतका बाढी पीडितका पुर्नस्थापना, जगदुल्ला र नलगाड विद्युत आयोजना, कर्णाली भेरी लिफ्ट खानेपानी, कर्णाली नदी तथा जलाधार संरक्षण,जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम बजेटमा आएको राज्यमन्त्री रावतले जानकारी दिनुभयो ।

त्यसैगरी सुर्खेतमा बहुमूल्य पत्थर उत्खनन उद्योग, रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना, एक प्रदेश एक पर्यटकिय गन्तब्य, कर्णाली बाल संरक्षण कार्यक्रम, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना, हुम्ला यारी नाका व्यवस्थापन, विधि विज्ञान प्रयोगशाला स्थापना बजेटमा समावेश भएको राज्यमन्त्री रावतले जानकारी दिनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार