कालिकोटका कैदीबन्दीलाई स्वास्थ्य सामाग्री

तुलराज पाण्डे
कालिकोट, १५ जेष्ठ ।
जिल्ला कारागार कालिकोटका कैदीबन्दीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष महाबिर पाण्डेले कारगारभित्र रहेका ४७ जना कैदिबन्दीहरुलाई मास्क, सेनिटाईजर, सर्जिकल ग्वलोभ्स चार पिस थर्मोमिटर दिएका छन् ।

कारागारका जेलर नरबहादुर सार्कीलाई सामाग्री हस्तान्त्रण गर्दै वडाअध्यक्ष महावीर पाण्डेले कैदीबन्दीहरुलाई कोरोना संक्रमण हुन नदिन, स्वास्थ्य समाग्री वितरण गरिएकोे बताए । उनले कोरोना भाइरस संक्रमण हुन नदिन आफुहरुले घरघरमा सरसफाईका सामाग्रीदेखि जनचेतना र लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गराउनका लागि कानुनको घेरामा रहेका कैदीबन्दीहरुको पनि रेखदेख गरिरहेको बताए ।

सामाग्री बुझ्दै कारागारका जेलर नरबहादुर सार्कीले, मास्क, सेनिटाईजरको अभाव भएको बताउँदै वडाअध्यक्षले दिएको स्वास्थ्य सामाग्रीले थप टेवा पुग्ने बताए । जेलर सार्कीले अभाव अभावमा रहेको कारागारलाई यो सहयोगले ठुलो राहत पुग्ने भन्दै धन्यवाद दिएका थिए । साथै जेलर सार्कीले जिल्लाकारगार कालिकोटमा कैदीबन्दीहरुको देखि विभिन्न विषयमा समस्या रहेको जानकारी पनि गराए । उनले कारगारको भवन जिर्ण भइसकेको, खानेपानीको अभाव र कारागारका आउने नयाँ कैदीबन्दीलाई राख्न भवनको समस्या रहेको बताए ।


नयाँ कैदीलाई भित्रराख्ने हो, भने, भित्रका कैदीबन्दीहरुले कोरोना संक्रमण हुने भन्दै आन्दोलन गर्ने, बाहिर राखौं भने बस्ने कोठा छैन । मुख्यतया भवनको अभाव रहेको बताए । केहि दिन पहिले नयाँ कैदीलाई भित्र राखेपनि भित्रका कैदीहरुले आन्दोलन गरेका थिए । आरडिटि परिक्षण र कसैको स्वास्थ्य परिक्षण नगरेरै भित्र बसाल्दा उनीहरुले आन्दोलन गरेका थिए । कारागार कालिकोटको भौतिक संरचना तथा कैदीबन्दीको अवस्थाका बारेमा उच्च तहबाट निरीक्षण हुँदै आएपनि सुधार हुन सकेको छैन ।

मुख्यमन्त्रीदेखि अन्य सांसद र स्थानियतहले कारागारको अवस्थाबारे पटक पटक निरीक्षण गरेपनि अहिलेसम्म कारगारको समस्या सामाधान नभएको जेलर सार्कीले बताए । उनले भने ‘कैदीबन्दीहरुको गुनासो बारे पटक पटक विभाग र मन्त्रालयमा कुराराखेपनि अहिले सम्म कारागारको समस्या जस्ताको त्यस्तै रहेको छ ।’ कारागारलाई सुधार गृहको रुपमा परिणत गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणको लागी पहल अहिलेसम्म नभएको सार्कीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार