पीसीआर मेशिन किन्न नविल बैंकको २८ लाख सहयोग

सुर्खेत, १५ जेष्ठ ।
नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पतालमा पीसीआर मेशिन खरिद गर्न सवा २८ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन र रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पताल सुर्खेतमा पीसीआर मेशिन खरिदका लागि सहयोग गरेको बैंक सुर्खेतका शाखा प्रमुख गोपी पाण्डे जानकारी दिनुभएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार सहयोग गरेको नविल बैंक सुर्खेतले जनाएको छ । नयाँ खरीद गरिने आधुनिक मेशिनबाट नमूना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग मिल्नुकासाथै पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने विश्वास लिएको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया