वीरेन्द्रनगर जेसीजद्धारा रक्तदान

सुर्खेत, १५ जेष्ठ ।
वीरेन्द्रनगर जेसीज वर्ष २०२० ले गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कर्णालीमा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्दै गएको र यस्ले गर्दा रगत अभाव हुने भएपछि रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रस शाखा सुर्खेतको प्राबिधिक सहयोग सम्पन्न रक्तदान कार्यक्रम्मा २२ जना यूवाहरुले रक्तदान गरेको वीरेन्द्रनगर जेसीका अध्यक्ष शिवराज घिमिरेले जानकारी दिए ।

कार्यक्र्मा बोल्दै बीरेन्द्रनगर जेसिज बर्ष २००८ का अध्यक्ष हरिहर बस्नेतले रक्तदान नै जीवन दान भएको भन्दै यो महामारीका बेला गरिएको रक्तदानले बढदो रगत अभावलाई केही हदसम्मा पुर्ति गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय लकडाउनका बिच रगतको अत्याधिक माग भएपनि सोही अनुसार पुर्ति हुन नसकेको थाहा पाएपछि गणतन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रमनै गरिएको अध्यक्ष घिमिरेको भनाई छ ।

सामाजिक दुरी कायम गरेर गरिएको कार्यक्रम्मा अतिथीहरलाई ब्याजको सट्टा माक्स बितरण गरिएको थियो । कार्यक्रम्मा बीरेन्द्रनगर जेसिजका पुर्बअध्यक्षहरु पुर्ण बहादुर नेपाली, सरस्वती बस्नेत, भद्र भण्डारी, सबिमल पोख्रेल, उपेन्द्र सुवेदी, वितिहोत्र बशिष्ट र निबर्तमान अध्यक्ष श्याम कुमार थापाको सहभागीता रहेको थियो ।  त्यस्तै नेपाल जेसिजका पुर्ब उपाध्यक्ष जेसि अनिल बहादुर शाही, सुर्खेत महिला जेसिज बर्ष २०२० का अध्यक्ष जेसि प्रमी शाक्य, बिरेन्द्रनगर जेसिज बर्ष २०२० का अध्यक्षिय सल्लाहकार जेसि युबत कुमार ओली लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया