कर्णालीमा सातदिन सार्वजनिक विदा

सुर्खेत, १५ जेष्ठ ।
कर्णाली प्रदेश सरकारले यो वर्ष सातदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्णालीमा धान दिवसदेखि विभिन्न चाडपर्वमा विदा दिने निर्णय गरेको हो । धान दिवसमा जुम्लामा चैत १२ गते र अन्य जिल्लामा असार १५ गते विदा दिने निर्णय गरेको छ ।

त्यस्तै साउन १ गते साउने सक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना दिवस, माघ १ गते माघे सक्रान्ति र चैते दैशैंको दिन प्रदेशभरी विदा दिने निर्णय गरेको छ । त्यस्तै चन्दनाथ मन्दिको लिंगो बोक्ने मेलामा अर्थात असोज कृष्णत्रयोदशीका दिन जुम्ला जिल्ला र भत्तोलो ल्होसारका दिन प्रदेशभर सम्बन्धित समुदायले सार्वजनिक विदा पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया