खाँडाचक्रले बजार भित्रिने ठाउँमा राख्यो पानी धारा

तुलराज पाण्डे
कालिकोट, १४ जेष्ठ ।
खाँडाचक्र नगरपालिकाले मान्म बजार जाने मूलनाकामा हात धुने खुल्ला धाराको व्यवस्थापन गरिएको छ । खाँडाचक्र नगरपालिकाका र युनिसेफ नेपाल कालिकोटको आर्थिक सहयोगमा उक्त ड्रमबाट हात धुने र पानी पाउनको लागि प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए । विश्वव्यापी माहामरीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि हातधुने धारा सञ्चालनमा ल्याइएको छ ।

खाडाचक्र नगरपालिकाका नगर प्रमुख जसी प्रसाद पाण्डेले विभिन्न कार्यक्रमसँगै टोलटोलमा जनचेतना जोगाउँदै आएका र आवश्यक परे पुन पनि कोरोना भाईरस विरूद्ध नगरपालिका रात–दिन नभनि लाग्ने बताए । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन, नगरपालिकाले पहिले देखिनै जनचेतनामुलक सन्देश प्रशारण तथा कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख जसि प्रसाद पाण्डेले युग आह्वान राष्ट्रिय दैनिकसंग भने खाडाचक्र नगरपालिका मा स्वदेश तथा विदेशबाट आएकालाई क्वारेन्टाइनको व्यवस्थापनका लागि सम्पूर्ण तयारी भैसकेको अब भारत थथा अन्य मुलुकबाट नगरपालिकाका नागरिक आउँदै गरेको बताए ।


नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष धनसिगे विश्वकर्मा, सामाजिक विकास अधिकृत मोहन मोहरा, स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवाल, खानेपानी सरसफाई तथा स्वच्छता संयोजक गणेश रावल, खाडाचक्र नागरिक समाजका संयोजक दानवहादुर विश्वकर्मा लगायतचो उपस्थितिमा कार्यक्रमको उद्दघाटन गरिएको गणेश रावलले बताए । नगरपालिकाका प्रत्येक घर सुरक्षित रहेमा मात्र नगरपालिका सुरक्षित हुने र प्रत्येक ब्यक्ति कोरोना संक्रमणबाट बच्न सकेमा मात्र नगरपालिका कोरोना संक्रमणबाट बच्न सफल हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार