सुर्खेतका २८ जनासहित कर्णालीमा ३८ जनामा कोरोना

सुर्खेत, १४ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । बुधबारमात्रै १५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । सुर्खेतमा रहेका दुई वटा प्रयोगशालाबाट निकालिएको पीसीआर रिपोर्ट अनुसार थप १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशालामा रहेको ल्यावको अन्तिम रिपोर्टले कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

भरतबाट केहि दिनअघि आई क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । उनीहरूमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए । यसअघि दैलेखका ८ जना र सुर्खेतका १५ गरी जम्मा २३ जना संक्रमित थिए । यो संगै सुर्खेतका मात्रै २८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू १५ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताए ।
सुर्खेत प्रयोगशालाबाट बुधबार पोजेटिभ देखिएका १५ जना
१) वीरेन्द्रनगर–४ का ६ जना
२) वीरेन्द्रनगर–३ का १ जना
३) वीरेन्द्रनगर–५ का १ जना
४) वीरेन्द्रनगर–९ का १ जना
५) वीरेन्द्रनगर–११ का १ जना
६) चौकुने गा.पा का–३ जना
७) ठेगाना नखुलेका १ जना
८) बझाङ का १ जना

यस अघि दैलेखका ८ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे । अाठबिस नगरपालिकाका १ जना, गुराँस गाउँपालिकाका २ जना, नारायण नगरपालिकाका ३ जना , डुडगेश्वर गाउँपालिका २ जना,  सुर्खेत सिम्ता गाउँपालिकाका २ जना, भेरीगगा नगरपालिकाका २ जना, बराहताल गाउँपालिकाका २ जना, चाैकुने गाउँपालिकाका १ जना र वीरेन्द्रनगरका ८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

तपाईको प्रतिक्रिया