लकडाउन किन र कस्तो हुनुपर्छ ?

ललित गाहा (पत्रकार)
नेपाल पत्रकार महासंघ, सुर्खेत (सहसचिव)

विश्वमा महामारीको रुपमा पैmलिरहेको कोरोना भाईरसको कारण उत्पन्न भएको कोभिड १९ रोग नियन्त्रणका लागि नेपालमा गरिएका सबै प्रयासका बावजुत संक्रमण भुसको आगोजस्तै पैmलिरहेको छ । कोरोनाको नियन्त्रणका लागि हामीले लकडाउन (बन्दाबन्दी) लाई नै प्रमुख उपाय ठानिरहेका छौ । के लकडाउनको उपाय नै सर्वोत्तम हो त ? लकडाउनको यो तरिकाबारे सोच्नुपर्ने बेला आइसकेको छ । कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारका थप उपायहरु अवलम्बन गर्न जरुरी छ । हामीले मूल कुरालाई कम ध्यान दिईरहेको छौं । लकडाउन किन र के का लागि भन्ने विषयको मर्मलाई नीति निर्माता, जनप्रतिनिधि, प्रशासक एवं सुरक्षाकर्मीहरुले नै राम्रोसँंग बुझ्न नसकेको प्रतित हुन्छ ।

किन कि विपद् ब्यवस्थापन समितिबाट भएका निर्णयहरु बढी लकडाउन केन्द्रीत देखिन्छन् । लकडाउन एक अर्काबिच विशेष किसिमको सम्पर्कमा आउन नदिनको लागि हो । दुरी कायम राख्नको लागि हो । तर, यहाँ त एक्लै काम विशेषले हिँडेको नागरिकलाई अपराधी जस्तो ब्यवहार गरिएको छ । प्रदेश सरकार र स्थानीय सरकार प्रमुखलाईसमेत सुरक्षा निकायले अटेर गरेको अवस्था छ । सुरक्षा तथा न्यायीक प्रशासनका प्रमुखहरु कार्यालयका मुख्य गेट नै बन्द गरी नागरीकलाई जानसमेत बन्देज जस्तै गरिएको छ । सुरक्षा प्रशासनको यस्तो ब्यबहारले राज्यप्रति नै नकारात्मक भावना उत्पन्न गराउन बढवा दिन्छ ।

नागरीकको मनमा नकारात्मक सोचको विकास गर्छ । काम विशेषले बाहिर हिँडेका मानिसहरुलाई सजायको रुपमा एकै ठाउँमा राखेर सुरक्षाकर्मी समेतले उनीहरुसँग मुख जोडेर कुरा गरिरहेको देख्दा रोग संक्रमण पैmलने माध्यमको बारेमा सुरक्षाकर्मीहरुमा बुझाइको कमी रहेको प्रस्ट हुन्छ । मानिसहरुका सबै आवश्यकता सरकारले पुरा गर्न सक्दैन । रोग सर्ने डर हुँदा हुदै पनि महत्वपूर्ण विशेष काम, आवश्यकता तथा भोक मेटाउनुपर्ने बाध्यताले मानिसहरु बाहिर हिँड्न बाध्यात्मक अवस्था छ र बाहिर हिँडिरहेकै देखिन्छ । पास दिने निकायले मर्म नबुझेपछि, मर्नुभन्दा बहुलाउनु बेसको बाध्यताले बाइकमा बाहिर निस्कने मानिसहरु तथा निर्माण सामाग्री ढुवानी गर्ने साधनप्रति राज्य प्रशासनले गरेको ब्यवहार के ठिक छ त ? यो सोचनिय छ । लकडाउन घोषणा गर्दैमा मानिसहरु के सुरक्षित छन त ? यो तरिकाको लकडाउनले रोग संक्रमण पैmलन रोकिन्छ त ? लकडाउन भन्दैमा मानिसका सबै आवश्यकताहरु के सरकारले सबैको घर घर भित्र सुरक्षित तरिकाले उपलब्ध गराउन सक्छ त ? यो स्तरको सुविधा दिनसक्ने राज्यको क्षमता नभएको घाम जस्तै छर्लङ्ग छ ।

लकडाउनको कारण कर्णालीको राजधानीमा उपभोग्य पसलहरु हप्ताको तीन दिन २ घण्टाको दरले खोल्न दिने तरिका ब्यवहारिक देखिदैन । किन कि प्रत्येक दिन पसलहरु नखुल्ने कारण र सिमित घण्टा (समय) भएको कारण पसलका बाहिर ठुलो अब्यवस्थित भीड लागिरहेको देखिन्छ । यो भिडमा रोग संक्रमण सहजै पैmलन सक्दछ । रोग पैmलाउने भीड जम्मा हुने लकडाउनको तरिका के काम । सिमित पसल र समय कम हुने कारण ब्यबसायीहरुले पनि मूल्यमा मनोमानी गरिरहेको देखिन्छ । सुरक्षाकर्मीले पनि समय सकिने वित्तीकै जनतालाई अपराधी नै हुन जस्तो गरी बोली ब्यवहार गरेको पाईन्छ । साथै निर्माण सामाग्री ढुवानी गर्ने क्रममा ठुलो सास्ती छ । निर्माण सामाग्री ढुवानी गर्दा गैह्रकानूनी सामान ढुवानी गरेको जस्तो ब्यवहार सुरक्षाकर्मीबाट हुने गरेको देखिन्छ । सुरक्षित तरिकाले सवारी साधन प्रयोग गर्ने वा निर्माण सामाग्री ढुवानी गर्न पासको लागि प्रशासनमा सम्पर्क गर्दा मोवाईल स्वीच अफ हुने वा फोन नउठ्ने हुन्छ ।

पहुँचवालाहरुले मात्र पास पाउने कारण, ढुवानी तथा निर्माण सामाग्री ब्यवसायमा पनि नागरिक बढी मूल्य तिर्न बाध्य छन् । बाध्यताबस सवारी साधान प्रयोग गर्नुपर्दा सुरक्षाकर्मीबाट अपराधीलाई जस्तो गरिएको ब्यवहार सहन बाध्य छन् । कोरोना महामारीको कारण दैनिक जीवनयापन कठिन बनेको अवस्थामा अति आवश्यक विषयमा प्रशासन संवेदनहिन बनेको देखिन्छ । उपयुक्त समस्याहरुका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु किन नजर अन्दाज गरिरहेका छन् । यसको जवाफ उपयुक्त समयमा जनताले दिने नै छन् । अमेरिका, युरोप तथा चीनका कोरोना प्रभावित स्थानहरुमासमेत उपभोग्य बस्तु तथा सामाग्रीको पसलहरु बन्द गरिएको छैन । अझ आपतकालीन अवस्था भएकाले पसल मार्टहरु २४ सै घन्टा खुला राखिएको छ । तर नागरिकहरुलाई ब्यक्तिगत तथा सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अनिवार्य गरिएको छ ।

तर, यहाँ ठिक विपरित पसल खुल्ने समयमा हप्तावारी हाट लगाए जस्तो पसलहरुमा भीडभाड सिर्जना गरिदै आएको छ । हाट लगाए जस्तो गर्दा त्यो दिनमा कोरोना भाईरस संक्रमण नपैmलने हो र ? यति सामान्य कुरा पनि नबुझ्ने प्रशासक तथा जनप्रतिनिधि भएपछि समस्या भयावह नबन्ला भन्न सकिदैन । प्रशासन भनेको शासन गर्ने हैन, जनताका दुःख, सुखमा नजिक भई सोहीअनुसार सेवा प्रवाह गर्ने हो । तर दुःखको साथ भन्नु पर्दछ की संकटको यस घडीमा फोनबाट दिईएको सूचना वा अनुरोध, भेटनको लागि गरिने अनुरोधको वास्ता नगर्ने नागरिक प्रशासन र स्थानीय जनप्रतिनिधि हामी वीच गौरवान्वीत छन् । प्रशासन वा सुरक्षा कर्मी तथा स्थानीय तहले गर्नु पर्ने आवश्यक कार्य अलि फरक छ । लकडाउनको यो तरिकामा परिवर्तन गर्न जरुरी छ । लकडाउनको मर्म फरक हो ।

आम जनतामा सचेतना पैmलाउनुपर्ने र सबैले अपनाउनु पर्ने प्रमुख विषयहरु भनेको ब्यक्तिगत तथा सामाजिक दुरी कायम गर्ने, मुखमा अनिवार्य मास्क प्रयोग गर्ने, संकास्पद बस्तु छोएमा वा सम्पर्कमा आएमा साबुन पानीले हात तथा अंगहरु सफा गर्ने, स्यानीटाईजरहरु प्रयोग गर्ने, संकास्पद तथा संक्रमण सम्भावितलाई क्वारेन्टाईन तथा आइसोलेसनमा राखी उपलब्ध उपचार गर्ने, प्रतिरोधी क्षमता बढाउने परम्परागत उपचार विधि अपनाउने जस्ता विषय हुन । तर, हाम्रो प्रशासन मुखमा मास्क छ वा छैन, दुरी कायम गरिएको छ वा छैन?हैन, सवारी पास छ कि छैन भनेर चेक जाँच गर्नलाई महत्व दिन्छ । ब्यबसायीससँग मिलेर कालो बजारीका लागि प्रोत्साहन गर्न मै ब्यस्त देखिन्छ । सार्वजनिक चासोको विषय सवारी पास हैन रोग संक्रमण पैmलने गतिविधि भएको छ वा छैन त्यो हो । तसर्थ, सबै सुरक्षाकर्मी तथा टोल विकास संस्थाका पदाधिकारीहरुलाई सर्वप्रथम रोग संक्रमण पैmलन सक्ने गतिविधिहरु के के हुन ती विषयमा अपिल गरी रोकथाम तथा नियन्त्रण लागि परिचालन गर्न अव ढिला गर्न हुदैन । अब सरकारले फोर्सबाट मात्रै समस्या समाधान देख्नु अभिसाप हुन सक्छ । अब मन छुने शक्तीशाली अपिल गर्दै जनतालाई नै रोगको रोकथाम तथा नियन्त्रण लागि परिचालन गरी जिम्मेवार गराउनुपर्छ । कुनै मानिस आपूm एकजना मात्र बाइकमा हिँडेको छ भने, उसले ब्यक्तिगत दुरी कायम गरेकै छ ।

उसलाई अपराधीलाई जस्तो ब्यवहार गर्न जरुरी छैन । रोग संक्रमण पैmलाउन वा फैलन मद्दत नहुने काम तथा विषयहरु सबै जनताको मन, मस्तिस्कमा पुर्याउन प्रशासनले विपद ब्यवस्थापनको लागि प्राप्त रकमबाट आफ्नो संयन्त्र तथा आम संचार क्षेत्रलाई निरुतर प्रयोग गरी प्रभावकारी रुपमा परिचालन गर्न कन्जुस्याई गर्नु हुदैन । कोभिड १९ रोग संक्रमण पैmलन गर्न नहुने काम वा गर्नु पर्ने काम सम्बन्धी जनताको मन मस्तिस्कमा प्रभाव पर्ने गरी युद्ध स्तरमा जनचेतना पैmलाउने र सुरक्षा चासो लिने गरी काम गर्न जरुरी छ । अन्यथा, घर्की सकेको समय फिर्ता आउदैन ।

उल्लेखित महत्वका विषयमा सबैको समय मै ध्यान जाओस भन्नका लागि आम सचेत नागरीकले समेत दबाव सिर्जना गर्न जरुरी छ । यो संकटको घडीबाट पार पाउन शासन, प्रशासनका कुरा र ब्यवहार मात्र हैन सबै वीच समुचीत समन्वय, सहकार्य, सहयोग तथा नागरीकको योगदान र सहभागिता पनि अनिवार्य गर्न जरुरी छ । कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागि ब्यक्तिगत तथा सामाजिक दुरी अनिवार्य कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, हात खुट्टा साबुनपानीले राम्रो संग धुने, संकास्पद तथा सम्भावितलाई अनिवार्य ल्याव टेष्ट गरी क्वारेन्टाईन तथा आइसोलेसनमा राख्ने आदि हामी सबैले ध्यान दिनु पर्ने प्रमुख विषय हुन । लकडाउन एक आपत कालिन अवस्था हो । थप आपत श्रृजना गर्न होईन । पसल बाहिर भिड लगाउने काम बन्द गरौ । सबैलाई समयमा नै चेतना होस् ।                (२०७७ जेष्ठ १३ गते मंगलबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया