वीरेन्द्रनगरका १७ जना कोरोना रेडजोनमा

सुर्खेत, १३ जेठ ।
वीरेन्द्रनगरका १७ जना कोरोना भाइरसको रेडजोनमा परेका छन् । वीरेन्द्रनगरले मंगलबार एक सय ३६ जनामा आरडिटी टेस्ट गर्दा १७ जना रेडजोनमा परेको नगरपालिकाले जनाएका छ । आरडीटी परीक्षण गरिएका मध्ये एक सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएका १७ प्रदेशको क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आउने नागरिकहरुको बढ्न थालेपछि नगरपालिका ६४ वटै सामुदायिक विद्यालयहरुलाई पूर्वसावधानी गृह बनाउने समेत निर्णय गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार