राजधानी भित्रिनेलाई पानी र चाउचाउ वितरण

सुर्खेत, १३ जेष्ठ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भित्रिने नागरिकहरुलाई चाउचाउ र पानी वितरण गरिएको छ । भारत तथा अन्य बाहिरी जिल्लाबाट कर्णाली प्रदेश भित्रिने नागरिकहरुलाई राहत स्वरुप पानी र चाउचाउ वितरण गरिएको हो । मुस्लिम समुदायको पर्व ईदको अवसरमा राजधानी सुर्खेत भित्रिने करिव ८ सय जना यात्रुहरुलाई वीरेन्द्रनगर–११ को सुव्वाकुना चेकपोष्ट नजिकै पानी र चाउचाउ वितरण गरिएको मस्जिद व्यवस्थापन समितिका अध्यक्ष फजिर बक्सले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया