महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाद्वारा राहत समाग्री वितरण

धर्मेन्द्र प्रसाद यादव
पोखरिया, १३ जेठ ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा रहेको महिला सहयात्रा लधुवित्त वित्तिय संस्था शाखा कार्यालय लंगडीले मंगलबार एक कार्यक्रम बिच राहत वितरण गरेको छ । धोबिनी गाउँपालिका र छिपहरामाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा तीस हजार बराबरको राहत स्वरुप चामल, दाल, आलु, खाने तेल, नुन समेत बितरण गरेका छन् ।

धोबिनीमा गाउँपालिकामा रहेको महिला सहयात्रा लद्युवित वितिय संस्था शाखा कार्यालय लंगडीका शाखा प्रबन्धक असलोक गिरीले धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी र छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तालाई ५ बोरा चामल, दाल ५ किलो, आलु २५ किलो, नुन २५ किलो, खाने तेल १ टीना को दरले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा लकडाउनको मध्यनजर गरी तीन फिटको दुरी कायम गरी राहत हस्तान्तरण गर्दै शाखाका प्रबन्धक गिरीले भने संस्थाले दिएको राहतबाट धोबिनी गाउँपालिकाको वडा नं. ४ मा रहेको श्री कालिप्रसाद लाखे माध्यमिक बिद्यालय लंगडी र छिपहरमाई गाउँपालिका वडा नं ५ मा रहेको श्री मंगल उच्च माध्यमिक बिद्यालय भिस्वा मा रहेको क्वरेन्टाईनहरुमा रहेकोलाई सहयोग पुग्ने बताए ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट रोकथामको लागि सरकारले गरेको लकडाउनको पालना गर्नु र घर भित्र बस्न, बाहिर जाँदा माक्स लगाउने, ३ फिट को दुरी बनाउन, साबुन पानीले हाथधुने आग्रहसमेत गर्दै जनचेतनासमेत शाखा का प्रबन्धक गिरीले दिएका छन् । लकडाउनको समयमा भारत र खाडीमुलुकबाट आउनेहरुलाई पहिचान गरी सुरक्षित क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन् । राहत बितरण कार्यक्रममा महिला सहयात्रा वितिय संस्थाका रितु मंडल, हरीमहतो कमकर लगायतको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया