विश्लेषणः डोल्पाको सम्भावना,बिकास र भ्रष्टाचार

रामचन्द्र न्यौपाने

डोल्पाको सम्भावना
भुगोलका हिसाबमा नेपालको सबैभन्दा ठुलो जिल्ला हो ।अझ भनौ डोल्पा साबिकको सिंगो महाकाली अञ्चल भन्दा पनि ठुलो छ ।भौगोलिक हिसाबले मात्र ठुलो नभई प्रचुर सम्भावना पनि उत्तिकै छ ।बहुमुल्य जडिबुटी,पर्यटन,पशुपालन र त्रिदेशीय ब्यापारीक नाका डोल्पाका हिरा झै चम्कीरहेका सम्भाबना हुन् ।यि सम्पदाको सदुपयोगगर्न सके डोल्पा पक्कै समृद्ध बन्छ ।बहुमुल्य जडिबुटी यार्सागुम्बा यहाँका नागरिकको मुख्य आम्दानीको स्रोत हो ।यसैको संकलन गरेर डोल्पालीले जिविकोपार्जन गर्दै आएकाछन् ।शे–फोक्सुण्डो ताल,शे–गुम्बा,धो तराप उपत्यका,छार्का भोट त्रिपुरासुन्दरी मन्दिर यहाँका मुख्य पर्यटकीय सम्पदाहुन् ।यस्ता सम्पदाहरु अहिले लाखौँ पर्यटकको पर्खाइमा छन् ।प्रकृतिको अद्धभुत रचनाका रुपमा रहेका यी सम्पदाको बिकास र प्रचार–प्रचार हुन नसक्दा ओझेलमा परेकाछन् ।डोल्पाको अर्को चिनारी क्याराभान र त्यसका नायक ठिल्नेहुन् ।यी दुई उपमाले मात्र चिनिएको डोल्पाको चिनारी अझै फेरीन सकेको छैन् ।क्याराभान र ठिन्ले सँगै अन्य चिनारीहरु समेत डोल्पामा छरप्रष्ट छन् ।तर त्यस्ता सम्पदाको खोजी खबरी समेत हुन नसक्दा डोल्पाको पहिचान खुम्चिएको छ।कतिपयले डोल्पाको भौगोलिक बिकटतालाई हिलो र त्यहा भित्रको प्राकृतिक सुन्दरतालाई कमल फुलको रुपमा ब्याख्या समेत गरेको पाइन्छ ।डोल्पो दर्शन बुझेका लेखकहरु डोल्पालाई जिँउदो संग्रहालय,कौतुलमय डोल्पो,हिँउ रानी लगायतका उपनामले समेत पुकार्ने गर्छन् ।सुन्दर डोल्पाको महिमा गान जति बयान गर्दा पनि सकिँदैन् ।संक्षेपमा भन्नुपर्दा डोल्पा शृष्टिको एक अद्धभुत रचना हो जहाँसम्म पुग्न बिश्व लालहितहुने गर्दछ ।अद्धभुत डोल्पा आखिर बिकासमाकिन पछि प¥र्योभन्ने बिषयमा तल चर्चा गरिन्छ ।

बिकास

गाउँ,समाज र राष्ट्रमाहुने संरचनात्मकएवम् सकारात्मक परीवर्तनलाई बिकास भनिन्छ ।त्यतिमात्र नभई नागरिकहरुले अनुभुतिहुने गरि पाएको सेवा सुविधालाइ समेत बिकासको परिभाषा सँग जोड्न सकिन्छ।तर डोल्पाका नागरिकले सकारात्मक बिकासको अनुभुति गर्न कहिल्यै पाएनन् ।जिल्लाले कहिल्यै बिकासको मुहार फेर्न सकेन ।सिधै भन्दा तितो लाग्ला बिकासले उल्टै भ्रष्टाचारी जन्मायो ।जस्तो जुका एक पटक शरीरमा प्रवेश गरिसकेपछि थाहा नहुन्जेल रगत चुसिरहन्छ त्यस्तै अपारदर्शी बिकासले पनि डोल्पाली नागरिकलाई जुका जस्तैपरनिर्भर बनाई दिएको छ ।यत्ति फरक छ जुका छिरेको थाहा पाईए हटाउन सकिन्छ तर बिकास पोस्न पल्केका मान्छेलाई कुनै नियम,कानुन र इज्जतले नछेक्ने रहेछ ।छातिमा हात राखेर भन्नुपर्दा डोल्पामा बिकास योजनाले नागरिकलाई परनिर्भर जस्तै बनाएको छ ।बिकासलेनै भ्रष्टचारगर्ने नियतलाइ प्रसय दिएको छ ।बिकास निर्माणका उपभोक्ता समितिमा बस्न हानाथाप गर्नु,गुट उपगुट खडा गर्नु र आफु निकटका नेतालाई रिजाउनु,सिफारीस गर्न लगाउनु यसैको ज्वलन्त उदाहारणका रुपमा लिन सकिन्छ ।डोल्पामायस्ता गतिबिधिहरुले सधै प्राथामिकता पाइरहे।भौगोलिक बिकटताका कारण डोल्पामा बिकासगर्न अन्यत्र जिल्लाको तुलनामा पक्कै सजिलो छैन् ।तर दृढ इच्छा शक्ति,बजेटको सहि सदुपयोग हुने हो भने डोल्पामा पनि नमुना बिकास गर्न सकिन्छ।बिकटतालाई बिकाससँग जोड्ने जो कोहीका लागि छिमेकी राष्ट्र चिन र भारतले नमुना देखाई दिएको छ ।चिनका बिकट हिमाली क्षेत्रहरुसम्म पक्की सडक,पुल बनेकाछन् ।बिकासले फड्को मारेको छ ।त्यसैगरि भारतले बिकट हिमाञ्चल क्षेत्रलाई समेत बिश्वसामु बिकासको नमुना देखाइदिएको छ ।तर डोल्पालाई अझै बिकटताका नाममा पछि पारिएको छ ।म ठोकुवा गरेर भन्न सक्छु समाजमा अग्रपंक्तिमा रहेका पात्रहरुलेनै बिकासलाई बिकटता सँग जोडेर ओझेलमा पारेका छन् ।त्यसको फाइदा टाठाबाठा र कर्मचारी संयन्त्रले उठाइरहेकाछन् ।निर्माण सामाग्रि ढुवानीका नाममा बिल मिलाएर बिकासमा लाखौँ घोटाला गरिन्छ ।कमसल बिकास गरेर बिकास बजेट झ्वाम पार्ने कुकृत्य पनि हिजो देखि निरन्तर भइरहेको छ ।हिजो पञ्चायत कालदेखि लोकतन्त्र आउँदासम्म डोल्पामा अर्बौ बजेट निकासा भयो ।तर,बजेटको आकार अनुसारको बिकासहुन कहिल्यै सकेन् ।पञ्चायत कालदेखि लोकतन्त्रसम्म ब्यवस्था भोगेका पाका पुरानाहरु भन्छन् हिजोको डोल्पा र आजको डोल्पामा खासै भिन्नतापाइदैन् ।उनिहरुका अनुसारब्यबस्था फेरीए पनि अबस्था फेरीएको छैन् ।कुल जनसङ्ख्या चालिस हजारको हाराहारीमा रहेको डोल्पामा नमुना बिकासहुन नसक्नु आफैमा दुखदायी कुरा हो ।तत्कालिन माओबादी बाट बिस्थापित भएको निहुँमा टाढाबाठाँहरु सदरमुकाम हानिय ।उ बेला सदरमुकामबाटै आफ्ना गाउँका योजना कर्मचारीसँग मिलेर काजगमा सम्पन्न गरे ।बजेट मिलेमतोमा सकियो ।न बिकास नै भयो ।न जनतालाई बिकासको अनुभुति भयो ।हिजोको जस्तै अवस्था अहिले छैन् ।तर कागजमा योजना निर्माण गर्ने परिपाटि हिजोकोजस्तै छ अन्त्यहुन सकेको छैन् ।त्यसोत अहिले पनि टाठाबाठा योजना मिलाउन जानेका घुस खुवायर बिकास पार्न जानेहरुको आर्थिक हैसियत निकै माथि उठेको देखिन्छ ।जनतालाई उहि बिहान बेलुकि छाक टार्न मुश्किल छ ।अझै पनि डोल्पाले बिकासको भिख मागिरहेको छ ।अझै पनि समस्यै समस्याले पिल्सिरहेको छ डोल्पा तर कसैलाइ फुर्सद छैन् डोल्पाको हितको बारेमा सोच्न ।नेतृत्वहरु ब्यक्तिगत बिकास गर्नै ठिक्कछन् ।जनताको समस्या बुझ्ने फुर्सद कसैलाई छैन् ।जिल्लाका नेता र तीनै तहको सरकारमानिर्वाचित नेतृत्वहरु ठेक्कापट्टामा रम्दै झुम्दै ठिक्कछन् ।नागरिक निर्विकल्प उनैका पछि हिड्दै ठिक्कछन् ।गाउँ–गाउँमा सिँहदरवारको अनुभुति दिलाउने स्थानीय सरकारहरु चुनावमा भोट दिने नेता कार्यकर्ता खोजिखोजि बिकास योजना बाँड्दै ठिक्कछन् ।यसरी बाँडिएका बिकास योजना सफल बन्लान त ?एउटा गाउँका नागरिकहरु आधा आफ्ना र आधा पराई कसरी हुन सक्छन् । भलै पार्टीगत सिद्धान्तका हिसाबमा फरक धारण पाइएला तर उनिहरुले पाउने बिकास र सेवा प्रवाहमा बिभेद गरिनु आफैमा लज्जास्पद र कानुनको खिल्ली उडाइएको हो ।केही स्थानीय तह बिकटताका नाममा लुट्दै ठिक्कछन् ।जिल्लामा भने भरपर्दो यातायातका साधन छैन् ।एकठाउँबाट अर्को ठाउँमा पुग्ने राम्रो घोरेटो बाटो छैन् ।खोलाका दुई दोभान पार गर्न पुल छैन् ।जनता सदियु पहिले आगोले पोलेर खनिएका डरलाग्दा घोरेटा बाटाहरुमा यात्रा गर्दै आएको उकाली ओराली गर्न छुटेको छैन् ।बिश्वमा स्विच थिच्दा बित्तिकै पानी आउने प्रबिधिको बिकास भइसक्यो तर डोल्पामा अहिले पनि खोला र मुल खोज्दै पानीको खोजीको भौतारिनु पर्ने अवस्था टरेको छैन् ।तिनै नेताले आफुलाई चुनाव जिताए पानी ल्याउने बाचामा जनमत असुलेका बस्तीहरु अहिले पनि काकाकुल छन् ।अन्यत्र जिल्लामा चिल्ला बाटामा सरर गाडिमा हिँड्ने बिकास हुँदा डोल्पामा अहिले पनि हरेक ठाउँमा पुग्नपैताला खियाउनु पर्र्ने अवस्था टरेको छैन् ।चुनावताका नेताले घोषणा गरेका एकघर एक रोजगारका एजेण्डा खोइ गाई खोलाले बगायो भन्ने स्थिति जस्तै भएको छ ।डोल्पालीलाई अझै पनि दिनभर मजदुरी गरेर गुजारा गर्नुपर्ने अवस्था टरेको छैन् ।प्रकृतिले दिएको यार्सागुम्बा नभइ दिएको भए एकपछि अर्को गरेर मजदुरी गर्न खाडी मुलुक छिर्नु बाहेकको बिकल्प थिएन् डोल्पालीलाई,दैनिक उपभोग्य र निर्माण सामाग्री ढुवानीगर्न बिगत जस्तै अझै थाप्लो थाप्नुपर्छ ।स्वास्थको समस्या अझ बिकराल छ ।बिश्वमा मान्छेका प्रत्येक अंङ्ग कहाँ कसरी प्रत्यारोपण गरेर मान्छे बचाउन सकिन्छ भन्ने खोज भइरहँदा यहाँका नागरिकलाई सिटामोल पाउन भाग्यसँग जोड्नु पर्ने अवस्था छ ।बनजंगल चाहार्दै घेरेलुऔषधि खोज्नु पर्ने अवस्था टरेको छैन् ।सिटामोल माग्दा दिने मान्छेलाई डाक्टर साब भन्न अझैपनि यहाँका नागरिकले छाडेका छैनन् ।जिल्लाका सरकारी कार्यालयबाट प्राप्त सेवा प्रवाहको हालत झन दर्दनाक छ ।बर्षमा मुश्किलले एक महिना बस्ने कर्मचारीलाई भिख मागे जसरी सेवा लिनुपर्ने अवस्था छ ।तिनै जनतालाई अझै पत्तो छैन् कि कर्मचारीले हाम्रै करबाट तलबभत्ता खाएकाछन् भन्ने कुरा ।यो डोल्पाली जनताको कमजोरी होईन बाध्यता हो ।यहाँ सत्यले सधै पराजय भोग्नु परिरहेको छ ।असत्य सधै बिजय भइरहेको छ ।स्थानीय सरकारहरु यस्तै कर्मचारीको बचाउ गर्नै ठिक्कछन् ।शिक्षाको अवस्था पनि सन्तोषजनक छैन् ।पाठ्यपुस्तक समयमै आइ नपुग्दा बर्षेनी हजारौ बालबालिका पुराना र पाठ्यपुस्तकबिना कक्षामा सहभागि हुनुपर्ने अवस्था छ ।राम्रा कलेज क्याम्पसहरुको खोजीमा जिल्ला छोड्नुपर्ने बाध्यता छ ।शिक्षकहरु आफ्नो कर्मतिर भन्दा राजनितिक खेलमा रमाइ रहेकाछन् ।भएको एकमात्र डोल्पो क्याम्पस निभ्न लागेको बत्तिजस्तै बनेको छ ।बिद्युत र सञ्चारको समस्या उदेगलाग्दो छ ।अन्यत्र जिल्लामा एक कुनाबाटै संसार नियाल्न पाउने सुविधा भएपनि डोल्पामा अझै पनि मान्छे कुदाएर खवर आदान प्रदान गर्नुपर्ने अवस्था छ ।जिल्लाको भरपर्दो यातायातको साधनको रुपमा जुफाल बिमानस्थल हवाइ टिकटमा भइरहेको सिन्डिकेड अझै हट्न सकेको छैन् ।बिमानस्थलएयरलाइन्सका कर्मचारी र दलालीको मिलेमतोमा टिकट बेच्ने अखडा बनेको छ ।सर्वसाधारण नागरिकलाई हप्ता दिन जहाज कुर्दा पनि टिकट पाइँदैन् ।डोल्पामा सबैतिर अस्तब्यस्त छ ।बर्षौ देखि बिकास निर्माण अलपत्र परेकाछन् ।बजेट सकिएको छ तर बिकास भएको छैन् ।यस्ता केही बिकासको ज्वलन्त उदाहारणदिन चाहान्छु ।रुपगाड खोलाको मोटरेवल पुललाई लिन सकिन्छ ।तत्कालिन जिल्ला बिकास समितिबाट पटक–पटक गरेर तीन करोड रकम सकिसकेको छ तर २५ प्रतिशत सम्पन्न भएको छैन् ।पुल निर्माण त्यसै अलपत्र परेको छ ।त्यस्तै कारागार भवन निर्माण सुरु भएको पनि धेरै बर्ष भइसक्यो तर निर्माण कार्य सम्पन्नहुन सकेको छैन् ।कैदीबन्दहिरु पुरानो चर्केको भवनमा रात काटिरहेकाछन् ।त्यस्तै एसियाली बिकास बैंकको करोडौँ सहयोगबाट निर्माण गरिएको दुनै ल्यासीक्याप खण्डमा भएको करोडौँ भ्रष्टाचारका बिषयमा पनि कसैलाई चासो छैन् ।कागजमा मिलायर आयोजना सम्पन्न गरेको बर्षौ भइसक्यो ।डोल्पाका यी बिकास प्रतिनिधि मात्र हुन ।डोल्पाका कुना कन्दारामा लाखौँ करोडौँका योजना कागजमै सम्पन्न गरिन्छन् ।डोल्पामा भ्रष्टाचार धेरै भयो भनेर संसदमा कुरा उठ्छ ।त्यस्तो हैसियत डोल्पाले बनाएको छ ।कुनै एउटा सानो योजना आयो भने उपभोक्ता समितिमा बस्न मारामार नै हुन्छ ।यस्तो प्रबृतिले डोल्पाको बिकास निर्माण कमाइखाने भाँडो भएको प्रष्ट हुन्छ ।आखिर उपभोक्ता समितिमै बसेर जीवन कायापलट बनाएका उदाहारण थुप्रैछन् र पो उभोक्ता समिति बन्न हानाथाप हुन्छ ।यसका सांक्षी स्यमं जनप्रतिनिधी नै हुने गरेकाछन् ।संघर प्रदेशबाट एकल रुपमा बजेट ल्याएर ब्यक्तिगत बिकास गर्ने सामाथ्र्य समेत केही डोल्पाली राख्छन् ।त्यसको असर आफु र आफ्ना भावि सन्ततिमा कस्तो पर्ला सोच्दै नसोचि यसैमा रमाउन र कमाउन तिर जुट्छन् ।डोल्पाको बिकासमा शुसासन र पारदर्शीताको बिउ देख्नै पाइन्न ।शुसासन कायम गर्ने निकाय शक्तिको त्रास र पैसाको लोभमा निकम्मा र तै चुप मैचुपको अवस्थामा छन् ।डोल्पाका केही बिकास बाहेक अन्य बिकास निर्माण भ्रष्टाचारमुक्त बन्न सकेका छैनन् ।बजारको चामल खान पाउनु र दश किलो मिटर गाडि चढ्न पाउनु मात्रैलाई म बिकास मान्दिन ।नागरिकका न्युनतमआधारभुत आवाश्यक्ता पुराहुनुपर्छ ।डोल्पाको देखिँदो विकास भनेको सेनाले बनाएको जाजरकोट–डोल्पा सडक हो ।यो सडक निर्माणकार्य सकिनु पुर्व पनि डोल्पाली नेतृत्वको चुनावि एजेण्डा बन्यो ।हाल निर्माणकार्य सम्पन्न भइसकेपछि पनि नेताहरु टाठाबाठाको श्रेय लिने माध्यम बनेको छ ।डोल्पाको इतिहासमा सेनाले बनाएको उक्त सडकलाई इतिहाँसमै सफलबिकासको रुपमा नेताले नचिने पनि जनताले चिन्दछन् ।अझै पनि डोल्पाका तीन तहमा निर्वाचित नेता,कार्यन्वयन तहमा बस्ने कर्मचारी र स्वयमं जनता नसच्चिने हो भने डोल्पाको बिकास बिसौँ बर्ष पछि धकेलिने कुरामा दुइमत छैन् ।यति भनिररहँदा डोल्पामा बिकास चाहिएको छैन् भन्न खोजिएको हैन् ।खाली यति भन्न खोजिएको हो कि पारदर्शी बिकास गर,ब्यक्तिगत स्वार्थबाट टाढा रहेर बिकास योजना सम्पन्न गराउ ।जनतामा अपनत्व भाव पैदा गराउ ।अनिमात्र हामि सुखि हुन्छौँ,हाम्रो जिल्ला सुखि हुन्छ ।आफ्ना लागि होइन जनताकालागि राजनिति गर ।

भ्रष्टाचार

भु–स्वर्ग डोल्पाको अर्को दुखलाग्दो परिचय भ्रष्टाचारी जिल्ला हो ।डोल्पासँगै भ्रष्टाचार जोडिएर आउने गर्छ ।डोल्पामा शुसासनयुक्त बिकास भएको छ भन्नु सुर्यलाई हत्केलाले छेक्नु जस्तै मुर्खता हो ।भ्रष्टाचारले आक्रान्त छ डोल्पा ।भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फस्दै गएको छ ।झट्ट हेर्दा डोल्पालाई राज्यले किन उपेक्षा ग¥र्यो ।डोल्पामा नागरिक बस्दैनन्? के डोल्पा नेपाली भुमि होइन् डोल्पामा नेता छैनन् ?यस्तै यस्तै प्रश्न प्रायको मनमा उब्जिन्छन् ।यस्ता प्रश्न धेरै त डोल्पा घुम्न आउने घुमन्तेहरुले गर्छन् ।यस्तो प्रश्न गर्ने बुद्धिजिविहरु पनि धेरै छन् ।तर यस्तो कदापी होईन् ।डोल्पाको बिकासको लागि राज्यले करोडौँ रकम पठाएको छ ।राज्यले डोल्पालाई उपेक्षा गरेको छैन् ।प्रत्येक बर्षडोल्पामा अर्बौँ रकमभित्रिन्छ ।स्थानीय,प्रदेश र संघिय सरकारको बजेट थुप्रै भित्रियको छ ।तर बिकासको गति शुन्य जस्तै छ ।बिकास योजनामा चरम भ्रष्टाचार छ ।यसको प्रतिनिधिको रुपमा जिल्लाका बिभिन्न क्षेत्रमा निर्माण भएका र भइरहेकामोटर बाटो र घोरेटो बाटो पनि हो ।तीनवटै तहको सरकारले मोटर बाटो र घोरेटो बाटोमा करोडौँ लगानि गरेकाछन् ।तर बजेटको सहि सदुपयोग हुन सकेको छैन् ।बजेट मिलाउन सजिलो हुने भएकाले पनि अधिकाशं लगानि घोरेटो बाटोमाहुने गरेको पाइन्छ ।अर्को उदाहारण तटबन्धन पनि हो ।जता जसतसो मिलाएर योजना पार्न र बजेट दुरुपयोग गर्न पाइने भएकाले तटबन्धनमा ठुलो रकम भ्रष्टाचार हुने गरेको पाइन्छ ।केन्द्र देखि जिल्ला तहका नेता र कर्मचारीसँगको मिलेमतोमाकरोडौँ रकम भित्रन्छ ।तरत्यो रकम तिनै नेता,कर्मचारी,ठेकेदार र उपभोक्ता समिति मोटाउने बाहेक अरु केही काम हुँदैन् ।हाल सालै पनि सदरमुकाम दुनै बचाउ अभियानकालागि संघिय सरकारको ५८ करोड बजेटको ठेक्का सम्पन्न भइसकेको छ ।एक बर्ष अघिमात्रै परेको २८ करोडको काम सकिएको छैन् ।यसको बिषयमा समेत जिल्लामा ब्यापक चर्चा परिचर्चाहुन थालेको छ ।दुनै बचाउको नाममा आएको रकम कमशल तटबन्धन गरेर खाने गरेको आरोप समेत लागेको छ ।करोडौँ बजेट पर्नु मात्र मात्र बिकास होइन् ।उपभोक्ता समितिमा बस्न तछाडमछाड गर्ने परिपाटीले पनि बिकास योजनामाहुने चरम भ्रष्टाचारलाई औल्याइदिएको छ ।जिल्ला समन्वय समिति छ ।जिल्ला प्रशासन छ ।नागरिक समाज छ ।स्यमं स्थानीय सरकार छ ।अक्तियार दुरुपयोग अनुसन्धान आयोगपनि बर्षमा एकपटक पुगेकै हुन्छ ।तर अवस्था उही छ ।भ्रष्टाचारको जरो दिन प्रतिदिन फैलँदै गएको छ ।भ्रष्टारीले संरक्षण पाइरहेकाछन् ।उनिहरुको बाहुल्यता बड्दै गएको छ ।भ्रष्टचार बिरुद्धको आवाज हिजोदेखि आजसम्म दबाउँदै आइएको छ ।डोल्पामा पारदर्शी बिकास कहिले गर्ने ।के बिकास योजनाको अनुगमन,निरीक्षण मुल्याङ्कन गर्ने निकाय छैनन्।राज्यको नितिले भ्रष्टाचारीलाई कानुनि दायरामा ल्याउन सक्दैन् ।डोल्पाका आम नागरिकले गर्ने प्रश्न पनि यही हो ।डोल्पामा पारदर्शी एवम् भ्रष्टारमुक्त बिकास निर्माण गर्ने अभ्यास कहिले होला रामजाने ।

तपाईको प्रतिक्रिया