सुर्खेतका १२ जनामा कोरोना पुष्टि (विवरणसहित)

सुर्खेत, १३ जेष्ठ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतका मात्रै १२ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ १२ जनासहित सुर्खेतका ३ पहिलोदेखिएका गरी १५ जना पुगेका छन् भने दैलेख जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भैसकेकोछ यो सैगै कर्णाली प्रदेशमा सुर्खेतका १५ जना र दैलेखका ८ जना गरी २३ जना कोरोना संक्रमित देखिएका छन् ।

वीरेन्द्रनगर–१ का १६ बर्षिय एक पुरुष, वीरेन्द्रनगर–२ का ९ बर्ष, २० बर्ष, ३२ बर्ष, ३६ बर्षका पुरुष र ३२ बर्षका महिला गरी ५ जना, वीरेन्द्रनगर–३ का ४६ बर्षिय पुरुष, वीरेन्द्रनगर–६ का २६ बषर््िाय पुरुष, भेरीगंगा–८ का १६ र १७ बर्षका पुरुष २ जना, सिम्ता–४ का ३५ बर्षिय र ४९ बर्षिय पुरुष २ जना गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले स्वाव परिक्षणको अन्तिम रिपोर्ट मंगलबार विहान ७ बजे सार्वजनिक गरेको छ । कोरोना संक्रमित पुष्टि भएका विरामीहरुलाई प्रदेश अस्पतालको आइसुलेसनमा राखेर उपचार भैरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया