ब्रेकिङ : कोरोना संक्रमित कर्णालीमा ११ जना पुग्यो, अव सुर्खेतबाट अन्तिम रिपाेर्ट

सुर्खेत, १२ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको अन्तिम पीसीआर रिपोर्ट अनुसार ५ जना र प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर रिपोर्ट अनुसार २ जना गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अव सुर्खेतमै रहेका पीसीअार मेसिनकाे अन्तिम रिपाेर्ट अाउने भएकाे छ । WHO काे मापदण्ड अनुसार कम्तिमा ५ वटा रिपाेर्ट अर्काे ल्यावबाट पुन परीक्षण गर्नुपर्ने हुन्छ । साे मापदण्ड अनुसारकाे सख्या पुरा गरेपछि अव काेराेनाकाे अन्तिम रिपाेर्ट सुर्खेतबाटै अाउने जनाइएकाे छ ।

सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसंगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् । त्यसैगरी गुराँस गाउँपालिकाका २४ बर्षिय र ३५ बर्षिय दुई जना पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको छ ।

यस अघि भेरी अञ्चल अस्पताल नेपालगञ्जको पीसिआर रिपोर्ट अनुसार सुर्खेत बाराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका १ जना र आठविस नगरपालिका दैलेखका १ जना गरी ४ जनामा कोरोना देखिएको थियो । कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा आइतबार थप पाँच जना र सोमबार २ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनःपरीक्षण भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रीता भण्डारीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका पाँचै जनालाई सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया