७ सय ३४ जनाको पिसिआर परीक्षण सबैको रिपोर्ट नेगेटिभ

तुलराज पाण्डे
कालिकोट, ११ जेष्ठ ।
कालिकोट जिल्लामा हालसम्म जम्मा ७ सय ३४ जनाको कोरोना शंखास्पत मानिसहरुको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार शुक्रबारसम्म जिल्लाका ९ वटै स्थानिय तहबाट स्वाब संकलन गरी जम्मा ७ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक बहादुुर महतका अनुसार स्वदेश तथा विदेशबाट आएका शंकास्पद मानिसहरुलाई लक्षित गरी जिल्लाका ९ वटै स्थानीय तहबाट स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको हो । परिक्षण गरिएको सबै मानिसहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका अनुसार कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा १ सय ६ जना, रास्कोट नगरपालिकामा ९४ जना, तिलागुफा नगरपालिकामा ७५ जना, पलाँता गाँउपालिकामा ३३ जना, पचालझरना गाँउपालिकामा १ सय जना, सान्नीत्रिवेणी गाँउपालिकामा ८६ जना, नरहरीनाथ गाँउपालिकामा ८३ जना, शुभकालिका गाँउपालिकामा ८२ जना र महाँवै गाँउपालिकामा ७१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ ।


जसमध्ये ६ सय ५३ जना जिल्लाका ९ वटै स्थानिय तहका ८२ वटा वडाबाट नमुनाका रुपमा स्वाब संकलन गरी परिक्षण गरिएको हो भने ८१ जना बिदेशबाट आएका क्वारेन्टाईनमा राखेका मानिसहरुको पिसिआर परीक्षण गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार जिल्लामा ५ सय १ जनाको रयापिड टेस्ट गरिएको छ । ती सबैको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ६०, रास्कोट नगरपालिकामा ८२, तिलागुफा नगरपालिकामा ३०, पलाँता गाँउपालिकामा १६, पचालझरना गाँउपालिकामा ५१, सान्नीत्रिवेणी गाँउपालिकामा ५१, नरहरीनाथ गाँउपालिकामा ७३, शुभकालिका गाँउपालिकामा ५० र महाँवै गाँउपालिकामा ८८ जनाको ¥यापिड टेस्ट गरिएको छ ।

परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म कालिकोट कोरोना मुक्त जिल्ला रहेको प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनले भने, हामीले बिदेशबाट फर्किएका र संक्रमित पहिचान भएको ठाँउबाट फर्किएका मानिसहरुलाई लक्षित गरी जिल्लाभरबाट नमुना स्वाब संकन गरि परिक्षण गरिसकेका छौं । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि जिल्ला कोरोना मुक्ता रहेको हाम्रो दाबी हो । तर पछिल्लो समय जिल्लामा रोजगारीका लागि भारतबाट फर्किन थालेका छन् । उनीहरुबाट कोरोना भित्रिने त्रास छ । शुक्रबारसम्म मात्र ८५ जना भारतबाट फर्किएका छन् । उनीहरु सबैलाई क्वारेन्टाईनमा राखिसकेका छौँ । अझै तीन हजार बराबर मानिसहरु भारतबाट फर्किने अनुमान छ । ती सबैलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार