१ सय ५ थान यार्सासहित रुकुमका दुई जना पक्राउ

डोल्पा, ११ जेष्ठ ।
डोल्पाको काईके गाउँपालिका वडा नं १ मा पर्ने ठाँगे पाटनबाट दुई जना यार्सागुम्बा तस्कर पक्राउ परेकाछन् । पक्राउ पर्नेमा छिमेकी जिल्ला रुकुम पुर्व पुथाह उत्तर गंगा गाउँपालिका १ मैकोट बस्ने २६ बर्षिया सुवजित वि.क र सोही ठेगानाका ४२ बर्षिया छायाँ बहादुर बि.क रहेकाछन् ।

खुल्दै नखुलेको पाटनमा लुकिछिपि प्रवेश गरेर यार्सागुम्बा संकलन गर्दै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक धिरेन्द्र जोशीको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले १ सय पाँच थान यार्सागुम्बा पक्राउ परेका हुन् । उनीहरु लाई पक्राउ गरेर जिल्ला सदरमुकाम दुनै पु¥याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । दुबै जनालाई डिभिजन वन कार्यालयमा बुझाई थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।

विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यस बर्ष जिल्ला भरिका सम्पुर्ण यार्सा पाटनहरुमा यार्सागुम्बा संकलन प्रतिवन्ध लगाइएको छ । वहुमुल्य जडिबुटीको रुपमा रहेको यार्सागुम्बाको अवैध चोरी निकासि रोक्न नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र सामुदायिक वनका पदाधिकारीहरुले संयुक्त गस्ती गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया