वडा नम्बर ४ मा घर–घरमै सामाजिक सुरक्षा भत्ता

तुलराज पाण्डे
खाँडाचक्र (कालिकोट), ११ जेष्ठ ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण शुरु गरेको छ । कार्यविधि अनुसार दोस्रो चौमासिकको भत्ता घरमै पुगेर वितरण गर्न थालिएको हो । विश्वमाहामरी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण सेवाग्राहीहरुलाई घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

खाँडाचक्र नगरपालिकाको वडा नम्बर ४ मा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए । सामाजिक सुरक्षा बंैकमार्फत वितरण गरिने भनी प्रयास गरिएपनि भौगोलिक विकटताका कारणले कतिपयको खाता खोली खातामा रकम पठाईसकिएको र खाता खोल्न बाँकी रहेका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता लकडाउनको बेलामा भएपनि जोखिम मोलेर वितरण गर्न थालिएको हो ।

उनले भने अन्य वडामा पनी वितरणका गर्नको लागि सम्पुर्ण तयारी पुरा भैसकेको छ । लकडाउनका बेला भत्ता नै राहत वितरण कार्य प्रभावकारी भएको जनप्रतिनीधिहरुले बताएका छन् । खाँडाचक्र नगरपालिकाको वडा नम्बर ४ का धेरै सेवाग्राहीको घरघरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरियो, वडा अध्यक्ष धनसिंगे विश्वकर्माले भने–‘हिँडडुल नै गर्न नसक्नेलाई घरैमा सामाजिक सुरक्षा भत्ता पु¥याउँदा असाध्यै खुशी भएको बताए ।’

लकडाउनले अरु आम्दानीका स्रोतहरु नभएकाहरुलाई झन ठूलो राहत मिलेको वडा अध्यक्ष धनसिगे विश्वकर्माले बताए । उनका अनुसार खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा ४ दिन लगाएर २५१ जना सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव आरति न्यौपानेले बताइन् ।

खाँडाचक्र नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि कालिकोट जिल्ला मा रहेका एन आईसी बैंक र ग्लोबल बैंक संग सम्झौता भएको छ । खाँडाचक्र नगरपालिका वडा नम्बर४ मा एनआईसी बैंक र ग्लोवल बैकसँग खाता खोल्ने सम्झौता भएको हो । कस्लाई कति भत्ता । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आर्थिक वर्ष २०७६/०७७ को लागि १० किसिमको सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । विभागले जेष्ठ नागरिक (दलित), जेष्ठ नागरिक (अन्य), जेष्ठ नागरिक (कर्णाली), एकल महिला र विधवाका लागि मासिक २ हजार रुपियाँका दरले भत्ता वितरण गररहेको छ । (कर्णाली र दलित) लाई मासिक ४ सय र जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) लाई थप मासिक १ हजार रुपियाँ भत्ता वितरण गर्दै आएको छ ।

भत्ता वितरणको सबै व्यवस्थापन कार्यविधिको दफा २५ को (ग) अनुसार जनप्रतिनीधिहरुले गरेका छन् भने,सोही दफा बमोजिम सुरक्षाकर्मीले आवश्यक सुरक्षा व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख जसी प्रसाद पाण्डेले बताए । खाँडाचक्र नगरपालीकामा करिब ५ हजार ५ सय सामाजिक सुरक्षा भत्ताका सेवाग्राही रहेका छन् ।

तपाईको प्रतिक्रिया