कर्णालीका थप ५ जनाको कोरोना पुनःपरिक्षण गरिँदै

सुर्खेत, ११ जेठ ।
कर्णाली प्रदेशका थप पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश सुर्खेतमा रहेका दुई वटा ल्यावबाट पीसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको हो । अन्तिम रिपोर्टका लागि पुनः परीक्षण गर्न नेपालगंजको ल्यावमा पठाइएको छ । नेपालगंजको ल्यावले समेत कोरोना पोजेटिभ देखाएमा कोरोना संक्रमित घोषणा गरिनेछ ।

भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएको छ । शनिवार बबई नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटी गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।  पोजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको प्रयोगशालामा पोजेटिभ देखिएका ५ जनाको स्वाब संकलन गरी पुनःपुष्टिको लागि नेपालगंज पठाइएको छ । नेपालगंजबाट दिउँसोसम्म रिपोर्ट आइसक्ने उनले जानकारी दिए । यसअघि कर्णालीमा ४ जनामा कारोना संक्रमण देखिएको छ । उनीहरूको प्रदेश अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया