कर्णाली भित्रनेको प्रवेश विन्दुमै परीक्षण गर्ने निर्णय

सुर्खेत, ११ जेठ ।
कर्णालीमा भित्रने नागरिकहरुको अनिवार्य रुपमा प्रवेश विन्दुमा नै परीक्षण गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट आउने नागरिकहरु परीक्षण विना प्रदेशमा प्रवेश गरिहेकाले अनिवार्य नाकामा परीक्षण गर्ने निर्णय गरेको हो । प्रदेशमा प्रवेश गर्ने नाकामा गरेको अवस्थामा प्रदेशको प्रवेश विन्दुमै आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, आवश्यक मनोसामाजिक परामर्श प्रदान गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समय पश्चात पीसीआर परीक्षणको प्रबन्ध सामाजिक विकास मन्त्रालयले मिलाउने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।

भारत र स्वदेशकै जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पूर्ण विवरण अद्यावधिक गरेरउनीहरुको उद्धार तथा यातायात व्यवस्थासहित सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पु¥याउने जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ । मन्त्रालयले अत्यावश्यक अवस्थामा नेपाल–भारत सीमाबाट उद्धार गर्नेछ । बैठकलेभारतबाट आउने नेपालीहरुलाई सीमा नाकामै परीक्षण गरी संक्रमण नदेखिएका व्यक्तिलाइ मात्र प्रदेश र जिल्ला पठाउने व्यवस्था गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।


जिल्ला र स्थानीय तहमा स्थापित क्वारेन्टाइनको अनुगमन जुम्ला र कालिकोटको जिम्मा प्रदेश प्रहरी प्रमुख, दैलेख र सुर्खेतको उत्तरपश्चिम पृतना हेडक्वाटर, सल्यान, रुकुम–पश्चिम र जाजरकोटको सशस्त्र प्रहरी बलको महेश्वरी बाहिनी बाँगेशीमललाई जिम्मा दिइएको छ । समितिले क्वारेन्टाइनको आवश्यक सुधार र सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा निकायहरुसँग समन्वय गर्नेछन् । प्रदेशमा रहेका क्वारेन्टाइनको सुरक्षा र अन्य दृष्टिकोणले पायक पर्ने स्थानमा राख्न एकीकृत क्वारेन्टाइन स्थापना गर्न जिल्ला र पालिकाहरुलाई बैठकले आग्रह गरेको छ ।

विकास निर्माणमा आवश्यक सामग्री ढुवानी गर्न र जनशक्ति ल्याउन सम्वन्धित जिल्लासँग समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।  संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लामा नै आइसोलेशनमा राख्ने, मनोसामाजिक परामर्श सेवा प्रदान गरी उपचारको प्रबन्ध गर्ने र रिफरल केसमात्र विशिष्टिकृत अस्पतालमा पठाउने बैठकले निर्णय गरेको छ । कोरोना संक्रमित व्यक्तिहरुलाई क्वारेन्टाईनबाट तोकिएको आइसोलेसन वा अस्पतालमा पु¥याउन जिल्लामा भएका एम्बुलेन्सलाई सुरक्षित बनाएर तयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार