आजदेखि कर्णालीको बजेट अधिवेशन

सुर्खेत, ११ जेष्ठ ।
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ । यसका लागि संसद बैठक अाज दिउँसो तीन बजे बस्नेछ । कोरोनाको त्रासका बीच आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका लागि अधिवेशन आव्हान गरिएको छ ।

अधिवेशन सामाजिक दुरी कायम गरेर सञ्चालन हुने प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए । सामाजिक दुरी कायम गर्न प्रदेशसभाका ४० सिट, दर्शकदीर्घा र सञ्चारकर्मीका लागि छट्याइएका ४८ सिटसम्म नै सांसदहरु बस्ने व्यवस्था मिलाइएको छ । बैठकमा सहभागी हुन सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभाका सदस्य, मर्यादापालक, चालक र संसद सचिवालयका कर्मचारी गरी कुल एकसय ६५ जनाले कोरोना परीक्षण गराएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको छ । बैठक कक्षमा क्लोरिन छर्किेनेछ भने सांसदहरुले सेनिटाइजर प्रयोग गरेर मात्रै हाँजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।


सचिव बुढाकोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र संसदीय दलका नेताले बोल्ने कार्यतालिका रहेको छ । त्यसपछिका बैठकमा आगामी बजेटका प्राथमिकता र सिद्धारमा केन्द्रित रहेर प्रि– बजेट छलफल गरिनेछ । बजेट अधिवेशनमा दर्शक र सञ्चारकर्मीहरुले भिडिको कन्फ्रेन्स हलबाट अधिवेशन अवलोकन र रिर्पाेटिङ गर्ने व्यवस्था मिलाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार