चाउचाउ र पानी सहयोग

सुर्खेत, १० जेठ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतलाईदुइ व्यवसायीले चाउचाउ र पानी सहयोग गरेका छन् । वीरेन्द्रनगरका ईट्टा उद्योगी राजेन्द्र गिरी र सुन्दरकुमार पन्तलेशनिवार कार्यालयलाई चाउचाउ र पानी सहयोग गरेका हुन् ।  सूर्य ईट्टाभट्टाका सञ्चालक गिरी र मालिका ईट्टाभट्टाका सञ्चालक पन्तले ५० कार्टुन चाउचाउ र एकसय कार्टुन पानी वितरण गरेका छन् ।

डिउटीमा खटिएका प्रहरीहरुलाई खाजा र पिउने पानीको समस्या भएपछि आफूहरुले सहयोग गरेको मालिका ईट्टाभट्टाका सञ्चालक पन्तले जानकारी दिए ।उनीहरुले सहयोग गरेको सामग्री जिल्ला प्रहरी कार्यालयमा पुगेर हस्तान्तरण गरेका थिए । हस्तान्तर कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कंडेलको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया