लक्ष्यवहादुर सुनार
सिम्ता, १० जेष्ठ ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ खानिखोला खान्मामा लकडाउनको समयलाई सदुपयोग गर्दै अबरुद्ध सिँचाई कुलो निर्माण गरिएको छ । खान्मा स्थित मुलखोलीमा पर्ने सिचाई कुलो ३ बर्ष अघि आली–दुनि सडक निर्माण गर्दा अबरुद्ध भएको थियो । सडक निर्माण कार्य गर्ने निकायले भने किसानको सिँचाई कुलो मर्मत गर्नेतर्फ ध्यान नदिएको किसानको गुनासो छ ।
तीन बर्षपछी लकडाउनमा सामाजिक दुरी कायम गरी कुलोका उपभोक्ता आफैले १५ दिन लगाएर कुलो निर्माण गरेको स्थानीय लक्ष्य बहादुर सुनारले बताउनुभयो । सुनारका अनुसार ३ बर्ष सम्म त्यस कुलो अन्तर्गत २५ घरधुरीको खेतीयोग्य जमिन प्रभावित भएको थियो ।
झण्डै ४ सय मिटर कुलो निर्माण गरेर अहिले पानी पनि सञ्चालक भएको उक्त कोइराले सिँचाइ कुलोका मोही नाइके बल बहादुर रानाले बताउनुभयो ।
कुलो सञ्चालन भएपछी स्थानीय खुशी भएका छन् । अब उक्त क्षेत्रको खेतियोग्य जमिन सिन्चित हुने भएकाले उपभोक्ता खुशी भएका छन् । सिँचाई कुलोको व्यवस्थित र परिपक्क निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकार र सरोकारवाला संग पहल गरिने उपभोक्ता स्थानीय वीर बहादुर सुनारले बताउनुभयो । सडक निर्माण कार्य सँगै कुलो ठाउँठाउँमा भत्किने, पुरिने र काटिएको थियोे । किसानको श्रमदानमा कुलो मर्मत गरिएको छ ।
युग संवाददाता । । १० जेष्ठ २०७७, शनिबार १७:३६