ताजा खबर
  

कर्णालीमा ४ जनामा कोरोना देखियो

सुर्खेत, १० जेठ ।
कर्णाली प्रदेशमा ४ जनामा कोरोनाना पोजेटिभ देखिएको छ । शनिबार आएको रिपोर्ट अनुसार ३ जना थपिएका छन् । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणाका लागि शुक्रबार नेपालगन्ज पठाइएको थियो । बराहताल गाउँपालिकाका २ जना र चाैकुने गाउँपालिकाका एक जना गरी ३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।


नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्बाले बताए । उनका अनुसार उनीहरू तीनैजना सुर्खेतका नागरिक हुन् । उनिहरूला गएको विहिवार भारतबाट उद्वार गरी ल्याइ बबइमा आरडिटी गरिएको थियो । आठ सय बढीको आरडिटी गराउँदा १५ जनाको कोरोना पोजेटिभ देखिएको थियो । तिनै १५ जनाको स्वाब पीसीआर गरिएको थियो ।

पीसीआरमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि अन्तिम नतिजकाका लागि पुनः परिक्षण गर्न नेपालगंज पठाइएको थियो ।  थपिएका ३ जना मध्ये सुर्खेत बराहताल गाउँपालिकाको २ जना र एक जना चौकुने गाउँपालिकाका रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ । कोरोना संक्रमण देखिएका ४ जनाकै प्रदेश अस्पतालको कोरोना विशेष वार्डको आइसोलेसनमा राखि उपचार भैरहेको प्रदेश अस्पतालका प्रमुख डा. खडकाले जानकारी दिए ।


जानकारीका लागि :
राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले तोकेको प्रयोगशालाले मात्र कोरोना भाईरस संक्रमण प्रमाणित गर्न सक्छ । त्यसैले अरू प्रयोगशालामा जाँच गरिएको सबै PCR positive र कम्तिमा १० १० % Negative report पनि पुनः प्रमाणित गर्न पठाउनु पर्छ । पाँच पटकसम्म गरी करिब ५० वटा यस्ता रिपोर्ट पठाएपछि र तोकिएको प्रयोगशालासंग सबैको नतिजा मिलेपछि यसरी फेरि प्रमाणित गर्न पठाउनु पर्दैन । यो विधि हो प्रक्रिया हो । यसबारे जिम्मेवार निकायले बुझाउन नसक्दा भ्रम परेको छ ।

याे पनि पढ्नुहाेस :

ब्रेकिङ : कर्णालीका थप दुईमा पीसीआर पाेजेटिभ, अन्तिम परीक्षण गर्न नेपालगंज पठाइयो

कोरोना नेगेटिभ आएपछि मन्त्री र सांसद ढुक्क

कर्णालीका पहिलो कोरोना संक्रमित ४१ दिन भारतको क्वारन्टीनमा बसेका थिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार