कृषि उत्पादन बढाउन अनुदान दिइदै

सुर्खेत, १० जेठ ।
व्यवसायीक रुपमा कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले कृषिमा अनुदान दिइने भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम तथा बजेटबाट कृषि अनुदान दिन थालिएको हो । पशुपन्छी विकास निर्देशनालय सुर्खेतले कृषकहरुलाई व्यवसायिक कृषक प्रोत्साहन कार्यक्रमको लागि सुर्खेत जिल्लाभित्रबाट आवेदन पेश गर्न सार्वजनिक रुपमै सूचना आव्हान गरेको छ ।

आ.व २०७६/०७७ को स्विकृत कार्यक्रम अनुसार कृषि क्षेत्रमा सक्रिय सुर्खेत जिल्लाका कृषक, कृषक समुह, सहकारी, निजि फर्ममा आवद्ध व्यवसायिहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक कृषक र बिभिन्न कृषि फर्महरुले सुचना प्रकाशित भएको १५ दिन भित्र आवश्यक कागजातसहित निर्देशनालयमा आवेदन दिन सक्नेछन् ।


कृषि समूह दर्ता प्रमाण पत्र, सम्बन्धित स्थानीय तहको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने निर्देशनालय जानकारी दिएको छ । कार्यक्रमका बिषयमा सुर्खेतबाट प्रकाशित युगआहन राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नुका साथै र निर्देशनालयको सूचना पार्टीमा पनि टाँस गरिएकाले त्यताबाट बिस्तृतमा जानकारी लिनसक्ने बताइएको छ ।
(सूचना प्रकाशित पत्रिका हेर्नका लागि यहाँ YUGAAWHAN NATIONAL DAILY (2077-02-08)   क्लिक गर्नुहोस)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार