भारतबाट फर्केका ४४६ जनाको आरडिटि रिपोर्ट नेगेटिभ
दुर्गा विसी
सल्लीबजार, १० जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्र भारतबाट आएका ४ सय ४६ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । एक दिन अघि भारतका विभिन्न स्थानबाट लकडाउनमा फसेका मजदुरी गरी घर फर्केका नागरिकको शुक्रबार आरडिटि गरिएको थियोे । प्रभाकर मावि क्वारेन्टाइनमा रहेका २ सय ५३, बनगाड क्याम्पस बनगाड क्याम्पसमा एक सय ४६ र नवजोति मावि अध्यरीमा ३६ जना राखिएको छ ।
बनगाड क्याम्पस बनगाडमा वसेका १० जनाको आरडिटि अपुगले शुक्रबार चेकजाँच हुन सकेन । जिल्लाबाट आरडिटि ल्याएर छिट्टै चेकजाँच हुने कोरोना विशेषज्ञ डाक्टर इन्द्र थापाले जानकारी दिनुभएको छ । शुक्रबार मात्रै ४ सय जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको बताउनुभएको छ । नवजोति माविमा रहेका ३६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
