कर्णालीका पहिलो कोरोना संक्रमित सुर्खेतमा

सुर्खेत, ९ जेष्ठ ।
कर्णाली प्रदेशका पहिलो कोराना संक्रमितलाई सुर्खेत ल्याएको छ । दैलेख नारायण नगरपालिकाको सरस्वती माविबाट शुक्रबार साँझ सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पताल कालागाउँ ल्याएको हो । विरामीकाे घाँटीमा समस्यादेखिएकाे भन्दै यसै अनलाइनमा कर्णालीका कोरोना संक्रमितको आग्रह : ‘घाँटीमा अप्ठ्यारो भइराखेको छ, अस्पताल लैजाऊ’ समाचार प्रकाशित भएपछि प्रदेश सरकारलाइ चुनाैति र नैतिक स‌कट थपिएकाे थियाे । काेराेना देखिएकाे विरामीलाइ ठाउँठाउँ नडुलाउने, तत्काल विरामी भएकाे स्थान शिल गरी विशेषज्ञ डाक्टरकाे टिम खटाएर साेही स्थानमै उपचार, निगरानी गर्ने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले घाेषणा गरेकाे थियाे । उक्त घाेषणालाइ लत्याउँदै सामाजिक विकास मन्त्रीकै दाेधारे बाेलिले विरामी ठाउँ ठाउँ डुलाउँदै अन्तत: प्रदेश अस्पताल सुर्खेत ल्याइएकाे छ । धेरै ठाउँ डुलाउँदै विरामीलाइ सुर्खेत पुराउँदा स्थानीय नागरिकहरु थप त्रसित बनेका छन् । अाठविस नगरपालिकाकाे एक विद्यालयबाट विरामीलाइ ३८ घण्टापछि दैलेख सदरमुकामकाे अर्काे विधालयमा पुराइएकाे थियाे ।  प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काका अनुसार उनलाई विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ ।

दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय ती व्यक्तिमा सोमबार संक्रमण पुष्टि भएको थियो । उनलाई दैलेख सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालयमा राखिएको थियो । अस्पतालमा राख्नुपर्ने विरामीलाई विद्यालयमा राखिएपछि चौतर्फी विरोध भएको थियो । कोरोना संक्रमित पहिलो विरामीको स्वास्थ्य उपचारमा प्रदेश सरकारले लापरवाही गरेको भन्दै चर्को आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया