सिम्ताका १०१ नागरिक बबईबाट सिधै क्वारेन्टाइन

दुर्गा विसी
सिम्ता, ९ जेष्ठ ।
भारतमा मजदुरी गर्न पुगेका नागरिक आ–आफ्नो स्थानीय तह फर्कनेको वइरो लागेको छ । भारतबाट फर्केका सिम्ताका केही नागरिकलाई वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीसहितको टोली कर्णाली प्रदेशको सिमाना बबईबाट ल्याएको छ । त्यहाँ सबैको आरडिटि चेकजाँच पश्चात् उनीहरुलाई सुरक्षित साथ सिम्ता गाउँपालिका ल्याई क्वारेन्टाइनमा राखिएको छ ।

नागरिकहरु ल्याउनको लागि सिम्ताका युवा व्यवसायी तथा निर्माण व्यवसायी, नेकपा सिम्ताका पार्टी सदस्य सिम्ता गाउँपालिका वडा नं. ४ नाड निबासी जलावादेवि निर्माण सेवा मालिक विरेन्द्र सिंह ठकुरीले सहयोग गरेका छन् । भारतबाट आएर बबईमा अलपत्र परेका ४२ जना सिम्ताली नागरिकलाई बस रिजर्भ गरी भानु मावि बजेडीचौरमा स्थापना गरेको क्वारेन्टाइनसम्म पुरयाइएको छ ।

आफ्नै खर्चमा खानपिनदेखि वस भाडाको समेत प्रवन्ध मिलाएका मनकारी विरेन्द्र सिंहले यस अघि पनि गाउँपालिकाको राहत कोषमा सबैभन्दा बढी १ लाख रकम समेत जम्मा गरेका थिए । आफ्ना नागरिक ल्यानको लागि वडा अध्यक्षसहितको टोली बबई पुगेको थियोे । देशभित्र आएसकेपछि नागरिक अप्ठेरोमा नपरुन भनेर गाडीको व्यवस्थापन गरी जम्बो टोली प्रदेश सिमानाका बबई पुगेको थियोे । सिम्ताको भानु मावि वजेडिचौर र वागेश्वरी मावि राकममा गरी १ सय १ जना क्वारेन्टाइनमा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया