एसपी पन्तले खानेपानीका प्लम्बरसंग माफि मागे

सुर्खेत, ९ जेठ ।
लकडाउनको सुरुमै खानेपानीका कर्मचारीले प्रयोग गरेको भे ५ प ७७८१ नम्बरको मोटरसाइल प्रहरीले पक्राउ ग¥यो । खानेपानीकै सेवामा खटिएको मोटरसाइकल पक्राउ परेको एक महिनापछि नियमानुसार जरिवाना तिरेर छाडिएको थियो । खानेपानीका कर्मचारी इन्द्र चपाईले प्रयोग गरेको अनुगमन शाखाको मोटरसाइकल पक्राउ गरी एक महिनामा छोडेपछि दोस्रो मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लियो ।
भे ७ प २७७७ नम्बरको मोटरसाइकल वीरेन्द्रचोकबाट पक्राउ प¥यो । लकडाउनको उलंघन गरिएको भन्दै वीरेन्द्रचोकबाट प्रहरीले मोटरसाइकल नियन्त्रणमा लियो । दैनिक अत्यावश्यक सेवा खानेपानी सेवा सुचारु गर्ने, भल्ब खोल्ने, बन्द गर्न दैनिक प्रयोग हुने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपछि खानेपानीका कर्मचारीमा हल्लाखल्ला भयो ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका सुपरिवेक्षण तथा अनुगमन शाखाका मुखिया हेमन्त कँडेलले खानेपानीकै काममा उक्त मोटरसाइकल प्रयोग गरेका थिए । मोटरसाइकल प्रहरीले पक्राउ गरेपछि उनले संस्थाका कार्यालय सहयोगी तथा प्लम्बर डम्मर गौलीलाई जानकारी गराए । दैनिक अत्यावश्यक सेवा खानेपानीकै काममा मोटरसाइकल प्रयोग भएको भन्दै मोटरसाइकल छुटाउन कार्यालय सहयोगी गौली र मुखिया कँडेल पटक/पटक जिल्ला प्रहरी कार्यालयमा धाए ।

उनीहरु दुवैले मोटरसाइकल नहुँदा आफ्नो जिम्मेवारी अनुसारको काम गर्न नसकिएको भन्दै छोडिदिन जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक डिल्लीराज पन्तलाई आग्रह गरे । लकडाउनमा नियम, कानूनको उलंघन गरेको भन्दै प्रहरी उपरिक्षक पन्तले मोटरसाइकल छोडन आनाकानी गरे, दुवैमाथी उल्टै कट्किए, अनुशासन र नियम, कानूनको पाठ पढाउँदै फर्काइदिए । पटक/पटकको आग्रहपछि नियमानुसार सवारी जरिवाना रू.१०००।– (एक हजार) रुपैयाँ तिरेपछि मोटरसाइकल छोडन प्रहरी कार्यालय राजि भयो ।

दैनिक अत्यावश्यक खानेपानीको सेवा सुचारु गर्दा एकातिर लकडाउनमा समेत घरमै आराम गर्न नपाइएको आक्रोश, अर्कोतिर जरिवाना कार्यालयबाट नदिइने भएकाले पकेटबाटै तिर्नुपर्ने बाध्यता । प्रहरीले भने अनुसारै जरिवाना तिरेर कार्यालयको मोटरसाइकल त छुटाए । दुवै सामान्य स्तरका कर्मचारीले सोचविचार गरे अनी एउटा निर्णयमा पुगे । जिल्ला प्रहरी कार्यालय, बजार, कान्लिनचोक, आवास क्षेत्रको खानेपानी लाईन खोल्ने, बन्द गर्ने दैनिक ड्यूटि गर्दै आएका कार्यालय सहयोगी तथा प्लम्बर डम्मर गौलीले प्रहरीले प्रयोग गर्दै आएको भल्ब बन्द गरिदिए ।

यो गर्मी मौसममा खानेपानीको धारामा पानी नआएपछि जिल्ला प्रहरी कार्यालय र प्रहरी मेसभित्र हल्लीखल्ली भयो । खानेपानी कार्यालयमा गुनासो टिपाइयो । प्रहरी प्रमुख पन्तले प्रमुख जिल्ला अधिकारीमार्फत सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुलमणी देवकोटासम्म उक्त गुनासो पु¥याए । सोधी खोजी हुँदै जाँदा खानेपानीको दैनिक काम, कारवाहीमा प्रयोग भएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिँदै, जरिवाना तिराउन थालेपछि कार्यालय सहयोगी, प्लम्बर गौलीले प्रहरीलाई पनि सबक सिकाउन नयाँ जुक्ति निकालेका रहेछन् । ‘अत्यावसेक सेवामा पर्ने खानेपानीकै काम गर्दा हामीलाई प्रहरीले दुःख दिने, जरिवाना कटाउने अनि हामीले उहाँहरुलाई पानी दिइराख्नुपर्ने ?’– आक्रोशित हुँदै गौलीले बताए ।

खानेपानीका कार्यालय सहयोगी तथा लम्बर गौलीले नै प्रहरी कार्यालयतर्फ जाने भल्ब बन्द गरिदिएको खुलेपछि प्रहरी कार्यालय प्रमुख पन्तले बोलाएर माफि माग्दै खानेपानी सुचारु गरिदिन आग्रह गरेका थिए । लिएको जरिवाना फिर्ता गर्ने, आगामी दिनमा खानेपानीका कर्मचारीले अफिसियल काममा प्रयोग गर्दा मोटरसाइकलमा अवरोध नगर्ने प्रतिवद्धता जनाएपछि प्रहरीको खानेपानी सुचारु भएको स्रोतले जानकारी दिएको छ ।

चुहावट नियन्त्रण तथा अनुगमन शाखाका प्रमुख गणेशमान खनालले अत्यावश्यक सेवा खानेपानी दैनिक सूचारु, नियमितताका लागि मात्रै अत्यावश्यक कर्माचारीहरुले फिल्डमा खटिएको बताए । उनले भने ‘धारामा पानी आएन भने ठाउँ ठाउँबाट फोन आउँछ । गएर पानी चलाइदिनुपर्छ । पानीका धारामा गैरकानूनि रुपमा मोटरको प्रयोग गरिएको हुन्छ । अनुगमन गर्नुपर्छ । धेरै ठाउँका भल्बहरु खोल्नुपर्छ, बन्द गर्नुपर्छ, टयाङ्कीमा पानी भर्दा रेखदेख गर्नुपर्छ ।’

खानेपानीको सूचारु गर्नका लागि पानीको नियमितताका लागि १० देखि १५ जना सवारी साधनको प्रयोग हुने भएपनि यस अघि तीन वटा मात्रै मोटरसाइकलले पास पाएर सेवा दिएको बताए । पछिल्लो चरणमा सवारी पास पनि बन्द गरिनु र प्रहरी, प्रशासनको समन्वय नहुँदा फिल्डमा खटिएका कर्मचारीका सवारी साधन नियन्त्रणमा लिएर जरिवाना तिरेको गुनासो आएको बताए । काेराेना नियन्त्रणका लागि सरकारले घाेषणामा समन्वयकारी भूमिका निर्वाह नगरेकाे भन्दै विभिन्न क्षेत्रबाट प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीकाे अालाेचना हुँदै अाएकाे छ ।

तपाईको प्रतिक्रिया