भारतबाट भित्रिएका नागरिकलाई आशा वलीद्वारा खाजा

दुर्गा विसी
सल्लीबजार, ९ जेष्ठ ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा भारतबाट भित्रिएका नागरिकलाई जिल्ला समन्वय समिति सदस्य आशा वलीले खाजाको व्यवस्थापन गर्नुभएकोछ । ४ सय ५४ जना बनगाड कुपिण्डे, बाग्चौर नगरपालिका, कुमाख गाउँपालिका, सिम्ता गाउँपालिका र कालिमाटि गाउँपालिका नागरिकलाई वलीले ड्राइफुड खाजा, नास्ताको व्यवस्थापन गर्नुभएको थियोे ।

७ दिन अन्न पानीसमेत राम्रोसँग खाना नपाएको उनीहरुले बताउने गरेका छन् । ४ सय ५४ जनालाई एकलै खाजा नास्ता खुवाएको जिल्ला समन्वय समिति सदस्य वलीले जानकारी दिनुभएको छ । भोक, प्यास र थकानले लखरतान परेका नागरिकलाई त्यहि खाजाले समेत ठुलो राहत गरेको छ ।

उहाँले आफै घरबाट सो व्यवस्थापन गरिएको जनाएको छ । वलीको यो महान कार्यलाई सबैले स्रहाना गरेका छन् । भोक, प्यासले आतुर नागरिकलाई थारै भएपनि सहयोग गर्न पाएकोमा उहाँले खुशी समेत व्यक्त गर्नुभएको छ । बनगाड क्याम्पस बनगाडको क्वारेन्टाइन र प्रभाकर माविको क्वारेन्टाइनमै पुगी भारतबाट आएका नागरिकलाई ड्राइफुड खाजाको व्यवस्थापन गरिएको थियोे ।

तपाईको प्रतिक्रिया