नेपालको नक्साका आठ ऐतिहासिक र प्रमाणित आधार

काठमाडौं, ८ जेठ ।
भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने पुष्टि गर्नका लागि ऐतिहाँसिक कागजपत्र मात्र होइन, १३२ वटा नक्सासमेत संकलन गर्नुभएको छ । यसक्रममा उनले सन् १८१६ को सुगौली सन्धी र त्यसको पूरक सन्धीदेखि यताका सबै कागजपत्रहरु संकलन गरिएको छ ।

अहिले मन्त्री अर्याल आफूसँग लिम्पियाधुरा हाम्रो हो भनेर भारतसँगमात्र होइन, अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत जमेर पुष्टि गर्न सक्ने कागजपत्रको ढड्डा रहेको बताउँनुहुन्छ । भावनामा बगेर लिम्पियाधुरा हाम्रो हो भन्नु र प्रमाण पु¥याउनु फरक कुरा थिए । दुई देशको सीमाजस्तो संवेदशील विषयमा कुनै एउटा मात्र आधार र प्रमाण नपुग्दा पनि मुलुकको हात तल पर्छ भन्ने बुझेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि आफ्नो नेता भएकाले ऐतिहाँसिक दस्तावेज संकलनमा मन्त्री अर्यालले सबैतिरबाट साथ सहयोग पाउनुभएको थियो ।

मन्त्री अर्यालले निकालेको निश्कर्ष अनुसार लिम्पियाधुरालाई सन् १८५६ को नक्सामै छुटाइएको रहेछ । त्यसयताका कुनै नक्सामा लिम्पियाधुरा देखिन्छ भने कुनैमा देखिन्न । यसको कारण, त्यसबेला नेपालमा नक्सा छापिँदैनथ्यो । नेपालको नक्सा पनि ब्रिटिश–भारतले नै छापेको हुनाले लिम्पियाधुराको कडी डेढ सय वर्षअघि नै टुटेको हो । नेपालले आफ्नो नक्सा आफैं छापेको वि.सं. २०३२ मा हो, जुन नक्सामा लिम्पियाधुरा छुटाइएको छ ।

सन् १८५६ पछि प्रकाशित कतिपय नक्सामा लिम्पियाधुरा नेपालमा देखाइएन । यद्यपि सन् १८५७ मा कुटी, नाभी र छाङरु स्पष्टरुपमा नेपालको देखिने गरी लिम्पियाधुरातर्फको नदीलाई काली नदी मानिएको छ । सो वर्षको दस्तावेजमा काली नदीबाटै नेपाल भारत सीमाना छुट्याइएको छ । तर, पछि भारतले सहायक नदीलाई काली नदी मानेर अर्घेलो निकालेको मन्त्री अर्यालको निश्कर्ष छ ।

मन्त्री अर्यालले लिम्पियाधुरा पुनः नेपालको नक्सामा समेट्नका लागि जुन कागजपत्रहरुलाई आधार बनाउनुभएको छ, अब नेपालले भारतसँग वार्ताको टेबुलमा बस्दा राख्ने आधारहरु तिनै हुन् । मुख्यतः आठवटा प्रमाण नेपालसँग छन्, जसका आधारमा लिम्पियाधुरा नेपालकै थियो र हो भन्ने पुष्टि हुन्छ ।


मन्त्री अर्यालले संकलन गरेका ८ वटा आधार यी हुन
१ः सन् १८१६ मार्चको सुगौली सन्धी
२ः सन् १८१६ डिसेम्बरको पूरक सन्धी
३ः बेलाबखतका नक्सा (१३२ वटा)
४ः जनताले तिरो बुझाएको रसिद
५ः वि.सं. २०१८ को जनगणना
६ः वि.सं. २०१५ को मतदाता नामावली
७ः विभिन्न समयका ऐतिहासिक दस्तावेजहरु
८ः विभिन्न समयमा आदान–प्रदान भएका कुटनीतिक नोटहरु

के हो पूरक सन्धी ?
यहाँनिर कति पाठकहरुलाई जिज्ञास हुन सक्छ, सन् १८१६ को पूरक सन्धी के हो ? नेपाल र ब्रिटिश भारतबीचको लडाइमा नेपाली पक्षले क्षति भोग्दै गएपछि भारतको सुगौली भन्ने ठाउँमा सन् १८१६ मार्चमा एउटा सन्धी भयो । जसमा नेपालबाट गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेर नेपालको सिमाना पश्चिममा काली र पूर्वमा मेची कायम गरियो । तर, त्यो सन्धीअनुसारको नक्सामा राप्तीपूर्व कोशी नदीसम्मका तराईका जिल्ला नेपालमा समेटिएका रहेनछन् । त्यसपछि नेपालले सन्धी सच्याउन आग्रह गरेको थियो ।

सोहीअनुसार त्यसै वर्षको डिसेम्बर महिनामा अर्थात ९ महिनापछि सुगौली सन्धीको पूरक सन्धी भयो नेपाल र ब्रिटिस–इण्डियाबीच । सो सन्धीमा कोशीदेखि राप्तीसम्मको समथर भूभाग नेपाललाई फिर्ता गर्न अंग्रेज सरकार इच्छुक रहेको भनी लेखियो र नेपालले अहिलेका मोरङदेखि दाङसम्मका भूभाग पूरक सन्धीमार्फत नेपालको नक्सामा पारेको थियो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरचाहिँ जंगबहादुरले लखनउ लुट मच्चाएर अंग्रेज खुशी पारेवापत नेपालको नक्सामा फिर्ता भएका हुन् ।

यी सबै ऐतिहासिक दस्तावेज, नक्सा र अन्य तिरोलगायतका रसिदहरु संकलन गरेपछि मन्त्री अर्यालले मन्त्रालयका उच्च अधिकारी र नेकपाका कतिपय नेताहरुलाई राखेर प्रण गर्नुभएको थियो । अहिले केपी ओली प्रधानमन्त्री भएकै बेला लिम्पियाधुरा फिर्ता ल्याउन सकिएन भने कहिल्यै हुन्न, त्यसैले पहिलो चरण नक्सामा समेटेर सुगौली सन्धीलाई सार्थकता प्रदान गर्छु । (अनलाइन खबरबाट साभार)

याे पढ्नुहाेस :

नेपालको नयाँ नक्सा भारतले अस्विकार गर्याे

नेपालको नयाँ नक्सा सार्वजनिक


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार